चिसाङ शेर्पा बैशाख/४ खोटाङ,
खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता शुरु भएको हो ।
‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथमा आयोजित प्रतियोगिताको पहिलो खेलमा वडा नं. ३ बाम्राङले वडा नं. ५ लफ्याङलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फुटबलको व्यवसायीक बिकासमा टेवा पु¥र्याउने उद्धेश्यकासाथ नगरपालिका–२ दिक्तेल सोल्मामा शुरु वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा नगरपालिका भित्रका १२ टिम समुहले सहभागिता जनाएको छ ।
१५ वडा रहेको नगरपालिकामा खाल्ले, चिउरीडाँडा–७, चिउरीडाँडा–८, निर्मलीडाँडा र पाथेका सहभागी नभएको सोल्मा स्पोर्टस् क्लवका सचिव श्याम कुमार राईले बताए । प्रतियोगितामा दिक्तेल–२ सोल्माको ३ टिम सहभागी रहेको छ ।
प्रतियोगीताका प्रथमले नगद रु ७५ हजार ७५ दोश्रोले रु ५० हजार ५० र सेमिफाइनलिष्टले रु २० हजार २० प्राप्त गर्ने आयोजक सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । राईका अनुसार ५ हजार ५५५ खेलकुद पत्रकारिता पुरस्कार अन्तिम दिन प्रदान गरिने छ ।
प्रतियोगीताका बेस्ट प्लेयरलाई ४ हजार ४० तथा बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, हाई स्कोरर, बेस्ट किपर, बेस्ट कोच र अनुशासित टिमलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्टस् क्लवले जनाएको छ । वडा स्तरीय पुरुष फुटबल प्रतियोगितको प्रतिनिधीसभा सदस्य विशाल भट्टराईले संस्थाको व्यानरसहित वेलेन राखिएको रिबन काटेर फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology