• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बन्दुक, छडी र शक्तिमा आधारित प्रहरी परिवर्तन हुनुपर्छ: आईजिपी अर्याल

बन्दुक, छडी र शक्तिमा आधारित प्रहरी परिवर्तन हुनुपर्छ: आईजिपी अर्याल

नेपाली जनताको सहयोग र सद्भावमा बाँचेको संगठन,नेपाल प्रहरी


चिसाङ शेर्पा
  • शनिबार, चैत्र २४ २०७४

  • चिसाङ शेर्पा चैत्र/२४ खोटाङ,
    नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बन्दुक, छडी र शक्तिमा आधारित प्रहरी परिवर्तन हुनुपर्ने बताउनु भएको छ । प्रहरी आम नागरिकको भरोसाको केन्द्र हुनको लागि नागरिकको अभिमत र सहकार्य नेपाल प्रहरीको अभिष्ट हुनपर्ने उहाँको भनाई थियो ।

     

    शनिबार खोटाङस्थित जिल्ला प्रहरी कार्यालयको ३ करोड २२ लाख ४४ हजार ९८९ रुपैयाँ ७८ पैसामा नव निर्मित साढे दुईतले भवनको उद्घाटन गर्नुहुदै आईजीपी अर्यालले ‘प्रहरी अपराधी बिरुद्ध पराचिालित हुने शक्ति भएकाले त्यस्ता मानिसहरु कठोर हुनुपर्ने र आम नागरिकका लागि भने शितल छहारी हुनुपर्ने धारणा राख्नुभयो । देश र नागरिकको सेवामा समर्पित रहंदै गौरबशाली ईतिहास बनाएको संगठनको सदस्य सम्पुर्ण प्रहरीहरु प्रत्येक परिस्थिती र परिबेशमा आम नागरिकेको सेवाका लागि कटिबद्ध रहने आईजीपी अर्यालले बताए ।

    राज्य पुनः संरचनाको युगमा प्रबेश गरेको उल्लखे गर्दै आईजीपी अर्यालले, शान्ती सुरक्षालाई स्थानिय र प्रदेशको अधिकारको रुपमा राखिएको हुंदा प्रहरीका भौतिक पुर्वाधारहरुको स्तरोन्नतीमा प्रदेश सरकार र स्थानिय तहबाट आगामी दिनमा सहयोग प्राप्त हुने बिश्वास लिएको बताउँदै, खोटाङका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा आवाश्यक प्रहरी जनशक्ति तथा प्रहरी पोष्टको पुर्वानुमान गरेर गृहमन्त्रालयमा प्रेषित गरेको विश्वास दिलाउदै, आगामी दिनमा गृहमन्त्रालयबाट निश्चित भएमा जिल्लाका विभिन्न स्थानिय निकायमा प्रहरी जनशक्ति खटाउन तत्पर रहने उनले बताए ।

     

    नेपाल प्रहरी नेपाली जनताको सहयोग र सद्भावमा बाँचेको संगठन हो । देशभरमै जनस्तरमा धेरै सहयोग पाएकोमा कृतज्ञता ब्यक्त गर्दै, “आपत विपतमा पहिला सम्झने भनेकै नेपाल प्रहरी हो । आगामी दिनमा खोटाङ प्रहरीले प्रदान गर्ने सेवा, सुविधा उत्कृष्ट हुनुपर्ने” भन्दै आईजीपी अर्यालले खोटाङ प्रहरीलाई निर्देशन दिनुभयो ।

     

    नव निर्मित भवन उद्घाटनसँगै खोटाङ प्रहरीले सुविधायुक्त भुकम्पिय जोखिमयुक्त भवनबाट कामकाज शुरु गर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । यसअघि २०७० सालबाट प्रहरी कार्यालयको कामकाज हाँटडाडाँस्थित खाद्य संस्थानको भवनबाट भईरहेको थियो । कूल ८ रोपनी ३ आना २ दाम २ पैसाको क्षेत्रफलमा रहेको भवन २०७० फागुन १४ गतेबाट साल्पा शेर्पा ईन्द्रेणी जेभी उदयपुरले बनाउन थालेको भवन गत कात्र्तिकमा निर्माण सम्पन्न गरेको थियो ।

     

    ३४ प्रहरी युनिट रहेको खोटाङमा १७ वटाको आफ्नै भवन र तीनवटाको पक्की भवन रहेको र अन्य प्रहरी कार्यालयको भवन काम चलाउ रहेको छ । नयाँ निर्मित भवनमा २२ वटा सुविधा सम्पन्न कोठा रहेको छ । सेमी बेशमेन्टमा एउटा गार्ड कक्षसहित ३ वटा हिरासत कक्षहरु रहेका छन् । भुईतल्लामा अपराध अनुसन्धान शाखा, प्रबन्ध शाखा, सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी कन्ट्रोल, कार्यालय प्रमुख कक्ष, भेटघाट कक्ष, प्रहरी निरीक्षक कक्ष, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानबिन शाखा, महिला तथा वालवालिका सेवा केन्द्र र समिक्षालय रहेका छन् । कम्प्युटर कक्ष, अपरेशन कन्ट्रोल, सबुत भण्डार र सञ्चार शाखा र सञ्चार ब्यारेक दोश्रो तल्लामा रहेको छ ।

     

    उद्घाटन कार्यक्रममा शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षक पशुपती उपाध्याय, प्रदेशसभा सदस्य उषाकला राई, जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायाण रिजाल, प्रजिअ एकदेब अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकै समारोहमा प्रहरी भवनका लागि जग्गादान गर्नुहुने चारजना जग्गादाता तथा उत्कृष्ट प्रहरी जवानहरुलाई सम्मान गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology