समायोजन खबर चैत्र/१७ खोटाङ,
न्यायीक प्रकृयामा नागरिकको पहुँच बृद्धिका लागि जिल्ला अदालत खोटाङले खोटेहाङ गाउँपालिकामा न्यायिक सार्वजनिक सम्बाद कार्यक्रम गरेको छ । गाउँ–गाउँ र जनजनसम्म पहुँच बृद्धिका लागि जिल्ला अदालतले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा शनिबार न्यायिक सार्वजनिक सम्बाद गरेको हो । न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पु¥याउनका लागि सदरमुकाम बाहिर सार्वजनिक सम्बाद गरिएको जिल्ला अदालतका श्रेष्तेदार प्रदीपकुमार उपाध्ययले बताए ।
हरेक वर्ष तीन/तीन महिनामा चार पटक सार्वजनिक सम्बाद गर्नुपर्ने कार्यक्रम अन्तरगत अदालतले खोटेहाङमा न्यायिक सार्वजनिक सम्बाद गरिएको हो । गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला अदालतले प्रदान गर्ने बिशेष सेवा अन्तरगत बाल ईजलास सेवा, मेलमिलाप सेवा, असमर्थपक्षका लागि निशुल्क वैतनिक कानून व्यवसायीको सेवा, एक घण्टे सेवा लगायतका विषयमा जानकारी दिइएको छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, महिला, स्थानीय लगायतको सहभागीता रहेको थियो । सहभागीले हिंसा, बलात्कार, गुण्डागर्दी, अंश, बहुबिवाह लगायतका न्यायीक प्रकृयाका विषयमा जिल्ला न्यायधिस किशोर घिमिरे समक्ष जिज्ञासा राखेका थिए । ‘बिना प्रमाण अदालतले फैसला गर्न सक्दैन,’ जिल्ला न्यायधिस घिमिरेले भने, ‘प्रमाण नपुगे ज्यान मरेको मुद्धामा पनि अदालतले कही गर्न सक्दैन ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology