चिसाङ शेर्पा चैत्र/१६ खोटाङ,
शिक्षा क्षेत्रमा देखिएको चर्को शुल्क बृद्धिको अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटि खोटाङले बिरोध जनाएको छ । शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंगतीलाई मध्यनजर गर्दै विभिन्न तह र तप्कामा आन्दोलन गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीले दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमार्फत त्रिभुवन विश्वविद्धालय किर्तिपुर काठमाण्डौमा पुग्नेगरी एघारवटा माग राखेर ज्ञापनपत्रबाट बिरोध गरेको हो ।
विधार्थीहरुको सर्टिफिकेटको आधारमा शैक्षिक ऋण लिने व्यवस्था, विधार्थीलाई अध्ययनसँगै पार्टटाईम कामको व्यवस्था, सेमेस्टर प्रणालीका आवाश्यक पुर्वाधार र शैक्षिक गुणस्तरीयता कायम, परीक्षा नियन्त्रण कार्यालयको सेवासुविधा छिटोछरितो र प्रभावकारी बनाईनुपर्ने मागसहित ज्ञापनपत्र बुझाईएको अनेरास्ववियु क्रान्तीकारीका जिल्ला सचिव डार्विन चाम्लिङले बताए ।
राष्ट्रिय आवाश्यकताको पहिचान गरी सोही अनुसारको पाठ्यक्रम र प्रविधिको निर्माणगरी आवाश्यक जनशक्ति तयार गर्नुपर्ने, पुर्ण छात्रबृत्तिको पारदर्शिता कार्यान्वयन, प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा हुनुपर्ने र नेपाल अधिराज्यभरीको क्याम्पसहरुमा शैक्षिक शुल्कमा समानता कायम गर्नुपर्ने अखिलका अध्यक्ष माया चाम्लिङद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
दिक्तेल बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन पहल र छात्राबासलाई व्यवस्थित बनाउन समेत उल्लेख गरिएको छ । क्याम्पसको छात्राबास प्रभावकारी नभएको गुनासो विधार्थी तथा सञ्चारमाध्यमले गर्दै आएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology