समायोजन खबर चैत १२, काठमाडौं,
बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिराहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिएपछि बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो । साउदी अदालतले तोकेको ब्लडमनी नलिईकनै पीडित परिवारले माफी दिने भएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।
आफुलाई साउदी अदालतले सजाय तोकेपछि सुरेशले पिडित परिवारसँग सहयोग मागेपछि इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेको थियो । फलस्वरूप सुरेशले साउदीलाई ब्लडमनी तिर्नु परेन र सजाय माफी भयो । सुरेशलाई सजाह मुक्त बनाउन नेपाली दूतावास समेत मण्डलका पक्षमा अदालतमा लड्दै आएको थियो ।
दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।जेलबाट छुटेपछी मण्डल अहिले लेबर काम गर्दैछन् । कम्पनीसँग उनले ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरेका छन् । कम्पनीले पनि उनको तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ । कान्तिपुर दैनिक
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology