समायोजन खबर चैत्र/८खोटाङ,
खोटाङमा २ सय ८१ जना परिक्षार्थी एसईई परिक्षामा अनुपस्थित भएका छन् । रेगुलरतर्फ ३ हजार ७२४ र एक्जाम्टेडतर्फ ५५४ विद्यार्थी रहेको जिल्लामा रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ २०५ विद्यार्थी अनुपस्थित भएका हुन् । फर्म भरेकामध्ये रेगुलरतर्फ ३ हजार ६४८ र एक्जाम्टेडतर्फ ३४९ विद्यार्थी उपस्थित भएको जिल्ला शिक्षा कार्यालय खोटाङका प्राविधिक सहायक तिर्थ बिश्वकर्माले बताए । परिक्षा शान्त र मर्यदित वाताबरणमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यसैगरी, खोटाङमा ७० विद्यार्थीले प्राविधिकतर्फ एसईई परिक्षा दिएका छन् । रेगुलरतर्फ कम्प्यूटरमा ४२ जना र कृषि प्राविधिकतर्फ २८ विद्यार्थी एसइई परिक्षामा सामेल भएका हुन् । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिमपानी माबिका ४२ बिद्यार्थीले कम्प्यूटर प्राबिधिकतर्फ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माबिका ४२ जनाले कृषि प्राविधिकतर्फको परिक्षा दिएका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology