समायेाजन खबर/२२मार्च,सेालुखुम्बु
हिमाली सेालुखुम्बु जिल्लामा अहिले पछिल्लेा समयमा अ।म्जी उपचार सेवाकेा प्रभावकारिता संगै सेवालिने सेवाग्राही तथा बिरामीहरूकेा संख्यामा बृध्दि हुन थालेकेा छ ।
बैाध्द धर्मकेा चिकित्सा उपाचार बिधि(सेावा रिक्पा)मा अ।धरित येा उपचार सेवा लिनका लागि दैनिक २५देखि ३० जनासम्म बिरामीहरू अ।उने गरेकेा सेारिक कुन्फेन लिंक प्रा.लि सेालुखुम्बु श।खाका चिकित्सक ङवाङ कुन्लेन शेर्पाले बताउनुभयेा ।
अ।म्जी स्वास्थ्य उपचार बिधि न त एलेापेथिक उपाचार बिधिमा पर्छ न त हेमेापेथिक र अ।युर्बेद उपचार बिधिमा, येा बिशेष गरी प्राकृतिक रूपमा शुध्द जडीबुटीहरू संकलन गरी प्रशेाधन गरेर तयार पारिएकेा अै।षधीबाट बिरामीहरूकेा उपचार गर्ने गरेकेा पाइन्छ । बिरामीहरूकेा नारी परिक्षणबाटै सम्पुर्ण रेागकेा लक्षण पत्ता लगाएर बिरामीहरूकेा सफल उपचार गर्दै अ।एका छैा चिकित्सक शेर्पाले समायेाजन खबरसंग बताउनुभयेा ।

जिल्ला स्थित जरेाल थुप्क्षेा मेडिकल कलेज,थुप्तेन क्ष्येालिंगमा ४ बर्ष र काठमान्डैामा मा २ बर्ष बर्ष लामेा अ।म्जी उपचार बिधिबारे अध्ययन गरेका चिकित्सक शेर्पा अहिले बिरामीहरूलाइ स्वास्थ्य सेवा प्रदान गर्नकालागि भ्याइ नभ्याइ छन् । उनले थप्दै भने हामीले सेालुखुम्बु जिल्लामा बि.सं २०७० साल देखि अ।म्जी सेवा सुरू गरेका थियैा सुरू सुरूमा बिरामीहरू खेाज्नु पर्ने बाध्यता थियेा अहिले अ।म्जी उपचार बिधि प्रति चासेा बढ्दै गएकाले सेवाग्राहीहरूकेा संख्या बढ्रदै गइरहेकेा छ । सेालुखुम्बु जिल्लामा अहिले बिशेष गरी ग्यास्ट्रिक,रूघाखेाकी,बाथ,दम ,पिनास र नसासम्बन्धि बिरामीहरू अ।उने गरेकेा बताइएकेा छ ।
हामीले नेपाल सरकारबाट कुनै अ।र्थिक तथा प्राबिधिक सहयेाग प्राप्त गरेकेा छैन एउटा कम्पनिकेा रूपमा स्वास्थ्य सेवा दिदै अ।इरहेका छैा ,तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा, गिरिराजमणि पेाखरेल समक्ष येा सेवा संचालन गर्न नेपाल सरकारमार्फत अ।वश्यक सहयेाग अनि कानुनि मान्यता माग गरेका थियैा अहिले सम्म भएकेा छैन अव चाढै नै नेपाल स्वारिक्पा काउन्सिल दर्ता प्रकृयामा रहेकेा र दर्तापछि नेपाल अधिराज्यभर सेवा बिस्तार गर्ने येाजनाका साथ अघि बढिरहेकेा चिकित्सक शेर्पाले बताए ।
नेपालमा बिगत २ बर्ष अगाडि देखि लुम्बिनी बिश्व बिध्यालयले समेत अ।इएस्सी अध्ययन पुरा गरेका बिध्यार्थीहरूलाइ अ।म्जी उपचार शिक्षा दिदै अ।इरहेकेा छ । तथ्यांक अनुसार नेपालमा हालसम्म करिब १५० जना अ।म्जी तथा चिकित्सकहरू कार्यरत रहेका छन् । नेपालमा राजधानी स्थित बैाध्द,क्षेत्र पार्टी र पेाखरामा समेत बिगत लामेा समयदेखि बिरामीहरूलाइ बिभिन्न स्वास्थ्य सेवाहरू दिदै अ।इरहेकेा छ ।
जिल्लाकेा दुधकुण्ड नगरपालिका वडा नं १ स्थित सेर्लेा गुम्बामा पनि सेारिक कुन्फेन लिंक प्रा.लिले क्लिनिक संचालन गर्ने भएकेा छ । गुम्बामा अध्ययनरत लामा बिध्यार्थीहरू अकस्मात बिरामी भएमा उपचारका लागि टाढा जान बाध्य भएकाले सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन क्लिनिक संचालन सुरूवात गरेकेा अ।म्जी ङवाङ कुन्लेन शेर्पाले जानकारी दिनुभयेा ।
जर्मन नागरिक जेासेफ लेन्जकेा सहयेाग र सेर्लेा गुम्बासंगकेा सहकार्यमा सुरूवात गर्न गइरहेकेा सेाहि क्लिनिक गत चैत ६ गते सहयेागी जेासेफ लेन्ज र सेर्लेा गुम्बाका प्रमुख तथा अै।तारी लामा क्याब्जे पेमा थर्चेन रिन्पेाक्षेले संयुक्त रूपमा क्ष्येामी प्रज्वलन गरी उत्घाटन गर्नुभएकेा थियेा ।

सेाही दिन सेारिक कुन्फेन लिंक प्रा.लिकेा अ।येाजनामा ५ दिने मेडिकल क्यम्पसमेत संचालन गरेकेा थियेा । गत फागुन २५ गतेदेखि ३० गतेसम्म जम्मा ५ दिन संचालन गरेकेा क्याम्पमा गुम्बामा अध्ययनरत १२५ जनाले स्वास्थ्य जाँच गरेका थिए । शाखा बिस्तार भएपछि उपचारका लागि घन्टैा हिड्नुपर्ने बाध्यताबाट मुक्ति पाएकेा भन्दै गुम्बाका बिध्यार्थीहरू खुसी हुदै सहयेागीहरूलाइ धन्याबाद दिएका छन् ।

निकट भबिष्यमा सेर्लेा गुम्बामा सेारिक कुन्फेन लिंक प्रा.लिले अ।फ्नै भवन निर्माण गरी गुम्बामा अध्ययनरत लामा बिध्यार्थीहरूलाइ प्रभावकारी रूपमा सेवा प्रदान गर्ने येाजना रहेकेा अ।म्जी तथा चिकित्सक ङवाङ कुन्लेन शेर्पाले बताउनुभयेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology