• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘द राईज’ लिएर उदाए प्रकाश

‘द राईज’ लिएर उदाए प्रकाश

डिजिटल स्टोरमार्फत रिलिज


समायोजन खबर
  • बुधबार, चैत्र ७ २०७४

  • समायोजन खबर चैत्र/ ७खोटाङ,
    अहिले पनि अधिकांश गीत/संगीत सीडी, भिसिडी वा क्यासेटमा रिलिज गर्ने प्रचलन यथावत छ । तर, युवा गायक प्रकाश न्यौपानेले भने लगातार तेश्रो एल्बम डिजिटल स्टोरबाट रिलिज गरेका छन् । बिश्वभरका गीतसंगीत डिजिटल प्रविधिमा गइसकेकाले नयाँ प्रविधि अनुशार तीन वटै एल्बमलाई आईट्युन स्टोर, गुगल प्ले, अमेजन र स्पोटीफाईबाट रिलिज गरिएको गायक न्यौपानेले बताए ।

     

    पहिलो एल्बम ‘प्रकाश ट्यून्स’ र दोश्रो एल्बम ‘फ्यूजन’लाई डिजिटल स्टोरबाट रिलिज गरेका न्यौपानेले भर्खरै तेश्रो एल्बम ‘द राईज’ लाई पनि डिजिटल स्टोरमार्फत रिलिज गरेका छन् । उनकै शब्द, संगीत र स्वर रहेको पछिल्लो एल्बम ‘द राईज’मा ६ वटा गीत समाबेश छन् । द राईजमा ‘आयो दशैं, कान्छी, मायाँ बस, राजकुमारी, आई लभ यू र उनी’ बोलको गीत समाबेश छ ।

     

    ¥याप र हिपहप विद्याका गीत गाउँदै आएका गायक न्यौपानेले सन् २०१६ मा पहिलो एल्बम ‘प्रकाश ट्युन्स’ रिलिज गरेका थिए । बाँकेको कोहलपुर नगरपालिका–११ कोहलपरका २१ वर्षीय गायक न्यौपानेले सामाजिक र राजनीतिक बिकृति र विसंगतिका बिरुद्ध पनि गीत गाउँदैआएका छन् । १६ वर्षकै उमेरदेखि सांगीतिक क्षेत्रमा होमिएका उनका हालसम्म २१ भन्दा बढि गीत बजारमा आइसकेको छ । ‘पहिलो एल्बमको केही सिडि बनाएको थिएँ,’ न्यौपानेले भने, ‘त्यस यता हरेक गीतका लागि डिजिटल स्टोर मात्र प्रयोग गर्दैआएको छु ।’

     

    उनका ‘आइदेउन, सुनन, यू गट मी, म, अरुले भन्दा, लाग्छ मायाँ तिम्रो, मदहोस्, व्याङ–व्याङ र तिम्रो वरिपरी’ बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेका छन् । उनका यू गट मी बोलको गीत यूटुवमा १० लाखभन्दा बढि पटक हेरिएको छ । व्याचलर्स ईन सोसलवर्कका विद्यार्थी प्रकाशका गीत युवापुस्तामाझ लोकप्रिय छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology