• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा शैक्षिक सुधारका लागि सेमीनार

खोटाङमा शैक्षिक सुधारका लागि सेमीनार

शैक्षिक गुणस्तर सुधारमा पहिलो हात शिक्षककै


समायोजन खबर
  • सोमबार, चैत्र ५ २०७४

  • समायोजन खबर चैत्र ५ खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बृहत शैक्षिक सेमीनारको आयोजना गरेको छ । सामुदायीक बिद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधारका बिधि खोज्नका लागि नगरपालिकाले आईतबार प्राध्यपक डा. विद्यानाथ कोईराला लगायतका शिक्षाविद्को सहजीकरणमा शैक्षिक सेमीनारको आयोजना गरेको हो । शिक्षाविद्, नगरपालिकाभित्रका जनप्रतिनिधि, विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेबी लगायत सम्मिलित सेमीनारले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरस्तरिय शैक्षिक अवधारणा–पत्र तयार पारेको मेयर दिपनारायण रिजालले बताउनुभयो ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र कार्यरत चार श्रोतव्यक्तीले चार वटै श्रोतकेन्द्रको विद्यालय र शैक्षिक गुणस्तरको अवस्था तथा सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेपछि सोही आधारमा नगरको शैक्षिक अवधारणा तयार पारिएको हो । नगरपालिकाभित्र हाल ९४ वटा बिद्यालय रहेको छ । प्रदेशसभाका सदस्य राजन राईले उदघाटन गरेको कार्यक्रममा प्राध्यपक डा. कोईराला, डा. बासु सुबेदी, शिक्षाविद् तोया खनाल लगायतले शैक्षिक गुणस्तर सुधारमा पहिलो हात शिक्षककै रहने उल्लेख गर्नुभयो ।

     

    बृहत शैक्षिक सेमीनारले सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभाबक र बिद्यार्थीले पालना गर्नुपर्ने आचार संहिता जारी गरेको सामाजिक बिकास समितिका संयोजक बिकास राईले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology