• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडलको फाईनल अडिसन दिक्तेलमा शुरु, को बन्ला ‘खोटाङ आईडल’

खोटाङ आईडलको फाईनल अडिसन दिक्तेलमा शुरु, को बन्ला ‘खोटाङ आईडल’

नेपाल आईडल टपआठ उल्सनदेखी रेवतसम्मले स्टेज तताउँदै


चिसाङ शेर्पा
  • शनिबार, चैत्र ३ २०७४

  • चिसाङ शेर्पा चैत्र/३ खोटाङ,
    खोटाङ आईडलको ग्राण्ड फिनाले दिक्तेलमा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती उच्च माविको प्राङगणमा फाईनल अडिसन शुरु भएको हो ।

     

    खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राइ, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई, दिप्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राई ग्राण्ड फिनालेमा एकअर्कालाई उछिन्ने दाउमा रहेका छन् ।

     

    ‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको फाईनल अडिसनबाट पहिलो अर्थात खोटाङ आईडलले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ गर्न पाउने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

     

    दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कारहरु बिदेशमा बसोबास गर्ने खोटाङगेबाट जुटेको हो ।

     

    ग्राण्ड फिनालेका लागि गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा सुंगीतकार भीमसेना राई जजमेन रहेका छन् । आयोजकका अनुसार कार्यक्रममा नेपाल आईडल टप आठ उल्सन श्रेष्ठ, गायक रेवत राई, गायक आशिष ताम्राकारको बेजोड प्रस्तुती रहने छ । आईडलको अन्तिम दिन आज आयोजकले आफ्ना मिडिया पार्टनरलाई समेत सम्मान गर्ने जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology