समायोजन खबर फागुन २८ खोटाङ, यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने ८ जना अस्पतालमा मृत्यु भएको बताइएको छ ।
घाइते भएकाहरु पनि गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । बंगलादेशका बिभिन्न समाचारहरुमा पनि ५० जना न्दा बढीको मृत्यु भईसकेको उल्लेख छ । ३३ जना नेपाली रहेकोमा १३ जनाको भने नाम समेत खुलिसकेको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । साभार साझासबाल
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology