चिसाङ शेर्पा फागुन/२५ खोटाङ,
२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन दिक्तेलमा शुरु भएको छ । नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकोको संयुक्त आयोजनामा शुक्रबारदेखी जिल्ला समन्यव समितिको समिक्षालय हलमा दुईदिने सम्मेलन शुरु भएको हो ।
जिल्ला तथा काठमाण्डौका दर्जनौ साहित्यकार, कलाकार, शिक्षाविद, प्राध्यापक, प्राज्ञ, बाल साहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको उद्घाटन नेपाल बाल साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा प्राज्ञ चूडामणि बन्धु, प्रदेशसभा सदस्य उषाकला राईले गमलाको फुलमा बिरुवा रोपेर पानी लगाई सम्मेलनको उद्घाटन गरेका छन् ।

सिक्ने र सिकाउने उद्देश्यले आयोजित सम्मेलनमा दुईसय शिर्षकका बालपुस्तक प्रदर्शनीको उद्घाटन, ३६ शिर्षकका बालपुस्तक र बालसाहित्य बिमोचन, ९ वटा कार्यपत्र प्रस्तुती र चित्रकारद्धय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरिएको छ । तामाङ कक्षा आठ भन्दा तल पुस्तकका चित्रकार हुन् भने श्रेष्ठ कक्षा ८ भन्दा माथीका पुस्तकका चित्रकार रहेको बाल साहित्य समाजका उपाध्यक्ष शैलेन्दुप्रकास नेपालले बताउनुभयो ।
विभिन्न स्थानीय सास्कृतिक नृत्य, झाँकीसहित उद्घाटन भएको बाल सम्मेलनमा सयौ विधार्थी, शिक्षकको सहभागिता थियो । सम्मेलनमा नेपाल बालसाहित्य समाज र उद्देश्यबारे समाजका उपाध्यक्ष नेपालले प्रष्ट पार्नुभएको थियो । सम्मेलन विविध कार्यक्रमगरी शनिबार सकिने आयोजकले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology