• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईई परीक्षाको तयारी पूरा, ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने (तालिकासहित)

एसईई परीक्षाको तयारी पूरा, ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने (तालिकासहित)


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • सांकेतिक तस्विर।

    समायोजन खबर फागुन/२४ खोटाङ,
    आउँदो चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताउनुभयो ।

     

    परीक्षामा यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार विद्यार्थी गरी कूल ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने उहाँको भनाई थियो । परीक्षाका लागि देशभरमा १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

     

    बिहान ८ बजे देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत २० गतेबाट प्राविधिकतर्फ परीक्षा समेत सम्पन्न हुनेछ । परीक्षामा १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, ३ हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष, २३ हजार निरीक्षक खटिने भएका छन् ।

    साभार : उज्यालो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology