चिसाङ शेर्पा फागुन/२३ खोटाङ,
सरस्वती मावि अर्खौलेको ५७ औं बार्षिक उत्सब तथा दोश्रो अभिभावक दिबस सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेमा अवस्थित माविले विविध कार्यक्रमको आयोजना गरी आफ्नो बार्षिक उत्सब मंगलबार समापन गरेको हो ।
‘शिक्षक विधार्थी र अभिभावक बीचको समन्वय नै शैक्षिक प्रगतीको आधार हो ।’ भन्ने मुल मन्त्रका साथमा गत आईतबार उद्घाटनसँगै शुरु भएको कार्यक्रमम भलिबल, हाजिरीजवाफ, अन्तर प्रावि हिसाब दौड, तातो आलु, हण्डीफोर, कविता, एकल लोक नृत्य प्रतियोगिता भएको थियो । अन्ताक्षरी, खुल्ला गायन र खुल्ला नृत्य प्रतियोगिताजस्ता कार्यक्रम गरी तीन दिनमा बिद्धालयको बार्षिक उत्सबमा सम्पन्न भएको बिद्धालयका शिक्षक सुन्दर भट्टले जानकारी दिनुभयो ।
कार्यक्रमका विजयी विधार्थीलाई बिद्धालय ब्यवस्थापन समिति अध्यक्ष किशोर कुमार श्रेष्ठ, प्रधानाध्यापक डिकबिर राई, अर्खौलेका वडाध्यक्ष ज्ञान बहादुर पुरी लगायतले उच्च शिक्षाको कामना तथा बधाईसहित पुरस्कार बितरण गुर्नभएको थियो । बिद्धालयमा ४ सय ५० बढि विधार्थी अध्ययनरत रहेको बिद्धालयले जनाएको छ । बिद्धालयले भर्खरै ५ रोपनी जग्गासमेत खरीद गरेको छ । चारकोठे भबन निर्माणका लागि आठ लाख रुपैयाँमा बिद्धालयले उक्त जग्गा खरीद गरेको शिक्षक भट्टले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology