• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जितको नजिकै पुगेर जिम्बावेसँग हार्‍येा अफगानिस्तान

जितको नजिकै पुगेर जिम्बावेसँग हार्‍येा अफगानिस्तान


समायोजन खबर
  • मंगलबार, फाल्गुन २२ २०७४

  • फागुन २२ – विश्वकप छनोट अन्तरगत मंगलबार भएको खेलमा जिम्बावेले अफगानिस्ता दुई रनको रोमाञ्चक जित हात पारेको छ

    जिम्बावेले दिएको १९७ रनको मध्यम स्तरको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले सुरुवातमै राम्रै प्रदर्शन गरे पनि एकाएक विकेट झर्न थालेपछि समस्यामा परेको थियो । ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १६३ रन जोडेको अफगानिस्तान सहज स्थितिमा देखिए पनि ३७ औँ ओभरमा सिकन्दर राजाले तीन विकेट लिएपछि अफगानिस्तान समस्यामा परेको थियो । अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि मात्रै ४ रन आवश्यक थियो ।

    तर अफगानिस्तानसँग मात्र एक विकेट बाँकी थियो । त्यो पनि बलर । अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसकेका दौलत जदरानले दोस्रो बलमा एक रन जोडे पनि तेस्रो बलमा सपूर जदरान बीभी भिटोरीको बलमा ब्रेन्डन टेलरबाट क्याचआउट भएपछि अफगानिस्तान जितबाट मात्रै दुई रनले चुक्यो ।

    अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ६९ रन बनाए । त्यस्तै मोहम्मद नाबीले ५१, मोहम्मद शाहजादले २४ तथा दौलत जदरानले नटआउट १० रन बनाए । अफगानिस्तानका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    जिम्बावेका लागि बी मुजराबानीले ४, सिकन्दर राजाले ३, बीभी भिटोरीले २ तथा तेन्दाई चटाराले एक विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको जिम्बावेले अफगानिस्तानलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जिम्बावेले ४३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९६ रन बनाएको हो । अफगानिस्तानी बलरका अगाडि जिम्बावेका सुरुवाती ब्याट्सम्यान जम्न सकेनन् । जिम्बावले दश ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै मात्र २४ रन जोडेको थियो ।

    नेपालविरुद्ध विष्फोटक ब्याटिङ गरेका जिम्बावेका खेलाडी अफगानिस्तानी बलरसामू निरीह देखिए । जिम्बावेका ७ जना ब्याट्सम्यानले दोहोरो अंकसमेत जोडन सकेनन् ।

    नेपालविरुद्ध शतकीय पारी खेलेका जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजा र ब्रेन्डन टेलरले आज पनि उत्कृष्ट ब्याटिङ गरेता पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन् ।
    अफगानिस्तानका लागि कप्तान राशिद खानले ३, मुजिबर रहमानले ३, दौलत जद्रान तथा मोहम्मद नाबीले १–१ विकेट लिए ।
    अफगानिस्तानका दौलत जद्रानले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १७ रन मात्रै दिए । त्यस्तै आइसीसी वान डेको बलिङतर्फको र्‍याङ्किङमा भर्खरै शीर्ष स्थानमा पुगेका राशिद खानले ८ ओभर बलिङ गर्दै ३ विकेट लिएर ३८ रन खर्चिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology