• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘कथाले माग्यो भने दिन सक्छु’ मन्सु लामा

‘कथाले माग्यो भने दिन सक्छु’ मन्सु लामा


समायोजन खबर
  • सोमबार, फाल्गुन २१ २०७४

  • मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल मन्सु लामा लागेकी छिन ।
    मन्सु लामा आफुलाई अब्बल मोडलका रुपमा चिनाउन चाहन्छिन । मोडलिङ क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउने सोचका साथ् यतिबेला उनी संघर्षरत छन । मन्सु लामा माभ्रेकी स्थाई बासिन्दा हुन । उनी काठमार्डौमा अध्ययनसंगै मोडलिङ गर्दै आएकी छन । अहिले मन्सु आफ्नो लक्ष्यमा पुग्न त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त रहेकी मन्सु सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो ।

    आधा दर्जन   जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय  प्रस्तुत गरि सकेकी छीन भने मन्सुले तीनवटा तामा भाषाका चलचित्रमा समेत अभिनय गर्न भ्याइसकेकी छन । उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
    ५ फिट २ इच्च उचाइ् भएकी मन्सु लामा हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभावकि मन्सु म्युजिक भिडियो तथा फिल्ममा आएको अफरलाई स्विकारेर यस क्षेत्रमा निरन्तरता दिने बताउछिन । सानै उमेर देखि मोडलिङमा उनको रुचि थियो । अरु जस्तै कलाकार बनेर चिनाउने उनको लक्ष्य छ । जसका लागि उनी यतिबेला हरेक प्रयासहरु गरिहेकी छन । उमेरले उनी यतिबेला २० औँ बसन्तमा छन । राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ । अरु जस्तै चर्चित कलाकार बनेर आफुलाइ चिनाउने उनको सानैदेखिको लक्ष्य थियो । त्यसैले  मन्सु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन ।
    मन्सुलाई डान्स, अभिनय, गर्नुका साथै नयाँ नयाँ ठाउ घुम्ने त्यसका साथै साथीहरुसंग रमाइलो गर्ने उनको सौख छ । त्यसका साथै उनी सामाजिक काममा समेत चासो राख्ने गर्दछिन । विशेष गेर बुद्धबुद्धाहरुको लागि सेवा गर्ने मन्सुको सोच रहेको छ ।
    मोडलिङमा प्रवेश गर्दा नै मन्सुले चलचित्रबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन । मन्सुले  तामाङ मुभी ‘रित’ मा अभिनय गरेर  यस क्षेत्रमा डेब्यु गरेकी हुन । प्लस टु पास गरेर बसेकी मन्सु यतिबेला आफनो करियर बनाउनेमा व्यस्त रहेकी छन् । विवाह र रिलेशनका बारेमा यतिबेला नसोचेको मन्सु बताउछिन । मन्सु भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन ।

    यो क्षेत्रमा चर्चा कमाउनका लागि हरेक हर्कत गर्नेहरुको संख्या पनि कम छैन । यस विषयमा उनी भन्छिन कथाले मागेको दिन सक्छु तर  कथाले माग्यो भन्दैमा उत्ताउलो पना र भल्गर सिन चाही दिन सक्दिन । तर , समाज र परिवारको साथमा बसेर हेर्नै मिल्ने सिन चाही दिनसक्छु । कलाकार भएपछि हल्का ग्यामर त दिनै पर्छ । तर समाजमा पच्नुे हुनु पर्छ’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology