• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजपालाई पनि सरकारमा ल्याउन पहल

राजपालाई पनि सरकारमा ल्याउन पहल


समायोजन खबर
  • सोमबार, फाल्गुन २१ २०७४

  • काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन पहल थालेका छन् । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने छलफल करिब अन्तिम विन्दुमा पुर्‍याएका ओलीले राजपालाई पनि ल्याउन लागेका हुन् ।

    राजपा अध्यक्ष महन्थ ठाकुरसंग आइतबार बिहान प्रधानमन्त्री ओलीले झन्डै दुई घण्टा छलफल गरेका थिए । मुलुक बनाउने उद्देश्यले आफू अघि बढिरहेकाले यो काममा सहकार्य गर्न खोजेको भन्दै उनले ठाकुरलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । ‘मुलुकको विकासका लागि धेरै काम गर्नुपर्नेछ यसका लागि सबै दल मिलेर जाऔ भन्ने प्रधानमन्त्रीको आग्रह थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘सरकारलाई बहुमत आवश्यक छैन, तर सबै संग मिलेर जाने उद्देश्यले प्रस्ताव गरेको हुँ ।’

    प्रदेश २ मा फोरम र राजपाको गठबन्धन छ । फोरमसंग केन्द्रीय सरकारमा बाम गठबन्धनले सहकार्य गर्न खोजेपछि राजपा नेताहरू केही झस्किएका थिए । आफूहरूसँग छलफल नै नगरेको भन्ने प्रतिक्रियासमेत राजपा नेताहरूबाट आएको थियो । फोरमसँग सहमति हुने अवस्था बनेपछि राजपा अध्यक्ष ठाकुरले तीन दिन पहिले विज्ञप्ति जारी गरी संविधान संशोधन लगायतका माग सम्बोधन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

    ठाकुरको यस्तो विज्ञप्ति आएपछि पहिलो पटक ओलीले बोलाएर छलफल र सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीसँगको छलफलमा अध्यक्ष ठाकुरले आफ्नो दलभित्र यसबारे विस्तृत छलफल गर्नेजवाफ दिएका छन् ।राजपाको आन्तरिक छलफलबाट सरकारमा जाने निर्णय भए एमाले र माओवादीले आफ्ना भागका परेका मन्त्रालयहरू मिलाएर राजपा र फोरमलाई दिनेछन् ।

    आइतबारै फोरमसँग पनि एमाले नेताहरूले दुई चरणमा छलफल गरेका थिए । छलफल सहमति उन्मुख रहेको नेताहरूले बताए । फोरमले तीनवटा मन्त्रालय र उपप्रधानमन्त्री समेत मागेकाले औपचारिक सहमति हुन सकेको छैन । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री भन्ने पद नै आफने मन्त्रिपरिषद्मा नराख्ने जवाफ फोरमलाई दिइसकेका छन् । त्यसैले प्रधानमन्त्री पछिको वरीयताको मन्त्री चाहिने अडान फोरमको छ । तर यसमा कुरा मिलेको छैन ।

    ekantipur

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology