• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काग्रेसमा देउवाकेा पकड , दलकेा नेतामा सर्वसम्वत बनाउने प्रयास

काग्रेसमा देउवाकेा पकड , दलकेा नेतामा सर्वसम्वत बनाउने प्रयास


समायोजन खबर
  • आइतबार, फाल्गुन २० २०७४

  • काठमाडौं, फागुन २० । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु गरिएको छ। दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमतिबाटै सभापतिलाई नेता बनाउने तयारीमा लागेका हुन्।

    शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेता देउवालाई सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए। पार्टीले संकटको सामना गरिरहेका बेला एकता जरुरी रहेको र एकताको सन्देश दिनका लागि समेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उनीहरुले नेता पौडेलसँग उपनेता सिंहलाई बनाउने गरी मनाउन आग्रह गरेका हुन्।
    छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिहेकाले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए।

    @राजधानी दैनिकबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology