• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा ११ शिक्षक नियुक्ती

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा ११ शिक्षक नियुक्ती


समायोजन खबर
  • शनिबार, फाल्गुन १९ २०७४

  • समायोजन खबर फागुन/१९ खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले एकै साथ ११ शिक्षकको पदपुर्ती गरेको छ । गाउँपालिका आफैले गत असारदेखि बिभिन्न १० बिद्यालयमा रिक्त शिक्षकको पदपुर्ती गरेको हो । गाउँपालिकाले आफै प्रश्नपत्र निर्माण, रोष्टर शिक्षक व्यवस्था, परिक्षा सञ्चालन गरेर शिक्षक नियुक्ती गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

     

    जनता माबि बतासेमा उच्चमाबि तहका एक जना र माबि तहका एक जना, सरस्वती माबि डाँडाखर्क सछितापोखरीमा एक जना, कृष्ण माबि टेम्मामा एक जना, महेन्द्रोद्धय माबि ओख्रेमा एक जना, धिप्लुङ माबि छितापोखरीमा एक जना, महेन्द्रोद्धय माबि याम्खामा एक जना शिक्षक परिक्षा मार्फत नियुक्ती गरिएको छ । यस्तै, पञ्चकन्य प्राबि छितापोखरीमा एक, रोशाभञ्ज्याङ प्राबिमा एक जना, सिंहदेबी प्राबि डाँडागाउँमा एक जना र बाचिखुम प्राबि सछितापोखरीमा एक जना शिक्षक नियुक्ती गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

     

    खोटेहाङ गाउँपालिकाले पनि ६ विद्यालयमा शिक्षक छनौट गरेको छ । बिणा माबि लिकुवापोखरी, सावानागी आधारभुत विद्यालय सावाकटहरे, सप्तकन्य माबि चिप्रीङ र चौतारेडाँडा प्राबि सिमपानीमा प्रावि तहका एक÷एक जना तथा सिमपानी माबि सिमपानीमा माबि तहको दुई जना शिक्षक छनौट गरिएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology