चिसाङ शेर्पा फागुन/१६ खोटाङ,
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको तेश्रो चरणको ४ दिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडालाई लक्षित गरी दिन थालिएको तेश्रो चरणको तालिम बुधबार सकिएकोे हो ।
रेडक्रसको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको खार्मी, जालपा, नुनथला, बुईपा र विजयखर्कका ८ जना महिला र १२ जना पुरुषलाई रेडक्रसको तालिमहलमा चारदिन तालिम दिईएको थियो ।
स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतको बिषयमा तालिम दिएकोे नेपाल रेडक्रस सोसाईटी खोटाङका कार्यक्रम अधिकृत तथा तालिम संयोजक तेज श्रेष्ठले बताए ।
वडाका चार/चारजनाको सहभागितामा सञ्चालित तालिमका सहभागीहरुलाई तालिम संयोजक श्रेष्ठसहित प्रशिक्षकद्धय लोकमाया थापा र बादल देवानले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रमको अवसरमा लिखित र प्रयोगात्मक तालिममा सहभागी २० जनामध्ये नबिन राई प्रथम, दर्शन राई दोश्रो र अविषेक घिमिरे तेश्रोलाई उत्कृष्ट प्रसंशापत्र दिईएको थियो ।
तालिममा सहभागी बिसै जनालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, शसस्त्र प्रहरी नायब उपरिक्षक धन बहादुर बानियाँले प्राथमिक उपचार बक्स र तालिममा सहभागीताको प्रमाणपत्र वितरण गरेका थिए । यसअघि दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले र लफ्याङ, नेर्पा, चिउरीडाडाँ, चिउरीडाडाँ दोर्पा, निर्मलीडाडाँ र पाथेकाकाका ४० जना सहभागीलाई तालिम दिइएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology