चिसाङ शेर्पा फागुन/१४ खोटाङ,
खोटाङको विभिन्न स्थानमा एकै दिनमा तीनजनाको लास फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित ५० बर्षिय तीर्थ कुमारी राईको घरबाट अन्दाजी २५ मिटर दक्षिणमा बडहरको रुखमा झुण्डिएको अवस्थामा लास भेटिएको हो । स्वेच्छा अनुरुप आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको शब पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेल अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका-१ बराहपोखरीको च्यानडाडाँका स्थानिय बासिन्दा नैन बहादुर राउतको ३४ बर्षिय छोरा देबी बहादुर राउत पनि मृत अवस्थामा फेला परेका छन् । च्यानडाडाँ जंगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार बिहान १० बजे लास फेला परेको थियो । मृतकको लास पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
यसैगरी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा २८ बर्षिय रिना राई आईतबार राती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । राई घरको कोठाको बासको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी स्थानिय बसन्त राईको श्रीमती हुन् । मृतक राईको शब पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको छ । श्रृङखलाबद्ध रुपमा भेटिएको लासहरुको प्रकृति हेर्दा तीनैजनाले स्वेच्छा आत्माहत्या गरेकोे प्रहरीको प्रारम्भिक अनुमान छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology