• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रेडक्रसको तेश्रो चरण आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम शुरु

रेडक्रसको तेश्रो चरण आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम शुरु


चिसाङ शेर्पा
  • आइतबार, फाल्गुन १३ २०७४

  • चिसाङ शेर्पा फागुन/१३ खोटाङ,
    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको तेश्रो चरणको ४ दिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम शुरु भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडालाई लक्षित गरी दिन थालिएको पहिलो, दोश्रो चरणको तालिम पश्चात तेश्रो चरणको तालिम आईबारबाट रेडक्रसको तालिमहलमा शुरु भएकोे हो ।

     

    रेडक्रसको आयोजना तथा रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको खार्मी, जालपा, नुनथला, बुईपा र विजयखर्कका ८ जना महिला, १२ जना पुरुषलाई तालिम दिन शुरु गरिएको हो ।

     

    स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतको बिषयमा तालिम दिएकोे नेपाल रेडक्रस सोसाईटी खोटाङका कार्यक्रम अधिकृत तथा तालिम संयोजक तेज श्रेष्ठले बताए ।

     

    वडाका चार/चारजनाको सहभागितामा सञ्चालित तालिमका सहभागीहरुलाई आगामी १६ गतेसम्म तालिम संयोजक श्रेष्ठसहित प्रशिक्षकद्धय लोकमाया थापा र बादल देवानले प्रशिक्षण दिनेछ ।

     

    यसअघि फागनु ३ गतेदेखी ७ गतेसम्म दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले र लफ्याङका १४ महिला र ६ जना पुरुष र फागनु ८ गतेदेखी ११ गतेसम्म नेर्पा, चिउरीडाडाँ, चिउरीडाडाँ दोर्पा, निर्मलीडाडाँ र पाथेकाका १२ जना महिला, ८ जना पुरुष सहभागीलाई तालिम दिइएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology