• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडलमा उत्कृष्ट ५ छनौट, नजिकबाट चिन्नुहोस उत्कृष्ट ५ जनालाई

खोटाङ आईडलमा उत्कृष्ट ५ छनौट, नजिकबाट चिन्नुहोस उत्कृष्ट ५ जनालाई

कसको भोट कती


चिसाङ शेर्पा
  • शनिबार, फाल्गुन १२ २०७४

  • चिसाङ शेर्पा फागुन/१२ खोटाङ,
    सर्वाधिक चर्चामा रहेको खोटाङ आईडलको उत्कृष्ट ५ छनौट भएको छ । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले आयोजना गरिरहेको गायन प्रतियोगिता आईडलको अन्तिम तथा फाईनल राउण्डका लागि उत्कृष्ट पाच छनौट भएको हो ।

     

    जिल्लाभित्रका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको छैठौ अडिसनबाट दिपा राई सिम्पानी, अमिता राई लफ्याङ, सुमन राई खार्ताम्छा, रोहित चाम्लिङ छोरम्बु र सप्तेश्वरका तेज राई छनौट भएका छन् ।

     

    निर्णायकको ६० प्रतिशत र ४० प्रतिशत भोटिङको आधारमा छानिएका प्रतिभाहरुले आगामी चैत्र ३ गते अन्तिम प्रर्तिस्पर्धा गर्नुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । राईका अनुसार कञ्चन राई बाकाचोल, ईशारा राई कुभिण्डे, सुजाता परियार रतन्छा, उमेश राई खार्मी, केदार अनुरागी खार्मी, राजन गिरी बुईपा र खाल्लेकी सिर्जना राई बाहिरीएका छन् ।

     

    गायक रुपकुमार राई, गायक तथा संगीतकार पदम थुलुङ राई र पृथी जिम्बाको निर्णायकबाट उनीहरु फाईनलका लागि छानिएका हुन् । छानिएका उत्कृष्ट पाचले चैत्र ३ गते ‘खोटाङ जागरण’ गीत गाउनुपर्नेछ । कार्यक्रमलाई थप सहयोग स्वरुप रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका गायक तथा संगीतकार धनिराम राईले १० हजार आर्थिक सहयोग समेत गरेको थियो ।

     

    रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

    नजिकबाट जानौ उत्कृष्ट ५ जनालाई

    नाम : अमिता राई


    उमेर : २३ बर्ष
    शिक्षा : प्रबेशिका परिक्षा उतिर्ण
    ठेगाना : रुपाकोट मझुवागढी नगरपालिका–५लफ्याङ
    विवाहित/अविवाहित : विवाहित
    आएको भोट : ४ हजार ९४०

    नाम  : रोहित चाम्लिङ


    उमेर  : २३
    शिक्षा : ब्याचलर
    ठेगाना  : दिप्रुङ गाउँपालिका–३ छोरम्बु
    विवाहित/अविवाहित : विवाहित
    आएको भोट  : २ हजार ६७२

    नाम : सुमन राई


    उमेर  : १८ बर्ष
    शिक्षा : प्रबिणता प्रमाणपत्र उतिर्ण
    ठेगाना : केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा
    विवाहित/अविवाहित : अविवाहित
    आएको भोट : ४ हजार ९९६

    नाम : तेज राई


    उमेर : १६ बर्ष
    शिक्षा : कक्षा ९ माउण्ट एभरेष्ट बोर्डिङ विद्धालय
    ठेगाना  : केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर
    विवाहित/अविवाहित : अविवाहित
    आएको भोट : २ हजार ६८८

    नाम : दिपा राई


    उमेर : २१ बर्ष
    शिक्षा : ब्याचलर
    ठेगाना : खोटेहाङ गाउँपालिका–१ सिम्पानी
    विवाहित/अविवाहित : विवाहित
    आएको भोट : ७ हजार ५२३

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology