• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खानीडाडाँ विमानस्थलको धावनमार्ग फुट्यो, जेठसम्म नबनाए विमानस्थल बग्ने (फोटोसहित)

खानीडाडाँ विमानस्थलको धावनमार्ग फुट्यो, जेठसम्म नबनाए विमानस्थल बग्ने (फोटोसहित)

विमानस्थलमा समस्यै समस्या


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन १० २०७४

  • चिसाङ शेर्पा फागुन/१० खोटाङ,
    सदरमुकाम दिक्तेल नजिक रहेको मनमाया राई खानीडाडाँ विमानस्थलको धावनमार्ग चर्किएर चिराचिरा भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा अवस्थित विमानस्थल चिराचिरा परेको हो ।

     

    दिक्तेलबासी स्थानियको १५ करोडबढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाई धावनमार्गको बिच अन्डरग्राउण्डबाट बग्ने खोलाको कल्भर्टले धावनमार्गको लोड नधान्दा थिचिएर खोलाको पानी थुनिएपछी धावनमार्गको तल्लो साईडको ग्याभिङवालसहित गत असारमा पहिरो गएपछी धावनमार्गको रनवे भाग करीब सय मिटर फुटेर खतरा भएको छ ।

     

    स्थानियले निशुल्क उपलब्ध गराएको २ सय साँढे ६ रोपनी जग्गामा निर्माण सम्पन्न तथा २०६५ सालबाट सुचारु भएको विमानस्थलको सोही ठाउँमा २०६६ सालमा बाहिरबाट पनि पहिरो गएर धावनमार्गको रनवे बाहिर चर्किएकोे थियो । ९५ हजार खर्चगरी ग्याभिङवाल लगाई टालटुल गरीएको ठाउँभन्दा अगाडी खोलाको अन्डरग्राउण्डमा कल्भर्ट थुनिएपछी आठवर्षमा गएको पहिरोले अबभने निश्चय विमानस्थलको धावनमार्ग नै भत्काउनुपर्ने भएको छ । धावनमार्गको विच भागमा रहेको रनवे सोही कारण चिरापरी दबिएको छ ।


    २०६० बैशाख २० गतेबाट निर्माण शुरु भई २०६२ सालमा नेपाली सेना र आरएको फ्लाईटबाट परिक्षण उडानगरी २०६५ सालमा तारा एयरलाईन्सले अन्तिम परिक्षण उडानसँगै काठमाण्डौ–बिराटनगर नियमित उडान भर्दै आएको विमानस्थलको बिच भागको धावनमार्ग धुजाधुजा पर्नु र अन्डरग्राउण्ड सकिएपछी तल रहेको खोलामा तत्काल रोकथाममा ईन्जिनियरको ध्यान नजाँदा यहि बर्षातमा विमानस्थल बगेर सकिने खतरा बढेको छ ।

     

    धावनमार्ग मुनि भत्केर थुनिएको कल्भर्ट र विमानस्थलभन्दा छेउमा गएको पहिरोको पुनः निर्माणका लागि कम्तीमा हप्तादिनमा स्टीमेट सकिने र २ हप्तामा टेण्डर प्रक्रिया हुने मनमाया राई खानीडाडाँ विमानस्थलका आयोजना प्रमुख तथा साईड ईन्चार्ज रत्न श्रेष्ठले बताए । लामिडाडाँ, थामखर्क विमानस्थल बन्द भएकाले विमानस्थल फुटे पनि बन्द हुदैन । उनले भने, ‘हामीले विमानस्थल नबग्ने बनाएका छौ ।’ यद्यपी, असारबाट पहिरोले तान्दै गरेको विमानस्थल हिउँदमा पनि ढुंगामाटो झर्दै जिर्ण बन्दै गईरहेको छ ।

     

    विमानस्थल निर्माणका लागि प्रशस्त जग्गा हुंदाहुंदै ईन्जिनियरको गलत स्टीमेट र प्राविधिक त्रृटिका कारण उच्च हाईटमा विमानस्थल बनाईदा बारम्बार पहिरोले तान्दा बर्षेनी लाखौ खर्च हुने गरेको मनमाया राई खानीडाडाँ विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरेले बताउनुभयो । पछिल्लो अवस्थामा सञ्चालनमा रहेको एकमात्र विमानस्थल जोगाउन तत्कालका लागि धावनमार्गको बिचबाट बग्ने खोलालाई अन्तैबाट कटाउने र ग्याभिङवाल लगाई कल्भर्ट उठाएर धावनमार्ग बनाउने प्रयत्न भईरहेको विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष घिमिरेले बताए ।


    नागरिक उड्यण प्राधिकरण अन्तरगतको सम्पत्ती भएकाले विमानस्थललाई पहिरोले तानेको र धावनमार्ग चिराचिरा परेको विषयलाई प्राधिकरणमा दुई पटक लेखेर पठाई सकिएको खोटाङका प्रमुख जिल्ला अधिकारी तथा मनमाया राई खानीडाडाँ विमानस्थ अनुगमन समिति संयोजक एकदेव अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले अन्य अन्य विमानस्थलको कामको कारणले खानीडाडाँ विमानस्थललाई प्राथमिकतामा नराखेको तथा लिखित समस्याको समेत सुनुवाई नभएको प्रजिअ अधिकारीले बताए ।

     

    विमानस्थलको पुर्बसाईडमा १ रोपनी १५ आना जग्गा स्थानिय खगेन्द्र राईले मन्जुरी नामा दिए पनि पास नहुंदा विमानस्थलको छेकबारको काम रोकिएको छ । छेकबार नहुंदा हाल विमानस्थल गाईवस्तु चर्ने, हिडाउने र कुकुरले पिसाब गर्ने ठाउ भएको छ । विमानस्थलको नाममा भएका बाँकी पुर्व पश्चिम साईडको ग्याभिङ वाल र छेकबारको काम ५० प्रतिशत सकिएको निर्माण ब्यवसायी कृष्ण घिमिरेले बताएका छन् । असार मसान्तसम्म म्याद भएकाले हाललाई तारजाली बुन्ने, च्यानल बन्दै गरेको घिमिरेले बताए ।


    मुलुक संघिय संरचनामा गईसक्दा समेत सदरमुकाम नजिक रहेको विमानस्थल प्रभावकारी र सुविधायुक्त नभएको सेवाग्राहीहरुको ब्यापक गुनासो छ । पश्चिमबाट मात्रै एकतर्फी ल्याण्डीङ हुने विमानस्थलमा हाल हप्ताको सोमबार, बुधबार र शनिबार फ्लाईट सेड्युल भए पनि तीन हप्तामा एकपटक फ्लाईट हुने गरेको स्थानिय सविना घिमिरेले बताउनुभयो । पटक–पटकको फ्लाईट क्यान्सिलले यात्रुहरु हैरानी र कतीले विमानस्थल परिसरमै ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो ।

     

    स्थानियले डोको नाम्लो, कुटो, कोदालो प्रयोग गरेर हर्षोल्लासका साथ निर्माण गरेको विमानस्थल प्राधिकरणको एकलौटी भएको लामो समय हुंदासमेत पानी, शौचालय, टेलीफोन, ईन्टरनेट, यात्रु प्रतिक्षालय नहुंदा यात्रुहरुलाई विमानस्थल प्रयोग गर्न चरम समस्या भएको स्थानिय यादब प्रसाद घिमिरेले बताए । उनले भने, ‘विमानस्थल भनिन्छ केही सिष्टममा छैन ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology