चिसाङ शेर्पा फागुन/७ खोटाङ,
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको ४ दिने आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सकिएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडालाई लक्षित गरी दिन थालिएको पहिलो चरणको तालिम आईतबार सम्पन्न भएको हो ।
तीन चरणमा दिईने तालिम अन्तरगत रेडक्रसले पहिलो चरणमा १ नम्बर वडादेखी ५ वडाका बिसजना सहभागीलाई बिहीबारदेखी तालिम दिएको थियो ।
रेडक्रसको आयोजना तथा रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले र लफ्याङका १४ महिला र ६ जना पुरुषलाई तालिम दिइएको नेपाल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सहजकर्ता गीता थापा बस्नेतले बताउनुभयो ।
स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतको बिषयमा तालिम दिएकोे नेपाल रेडक्रस सोसाईटी खोटाङका कार्यक्रम अधिकृत तथा तालिम संयोजक तेज श्रेष्ठले बताए ।
वडाका चार/चारजनाको सहभागितामा हुने तालिमको दोश्रो चरण मंगलबारदेखी नेर्पा, चिउरीडाडाँ, चिउरीडाडाँ दोर्पा, निर्मलीडाडाँ, पाथेकालाई तालिम दिईनेछ । अन्तिम तथा तेश्रो चरणमा खार्मी, जालपा, नुनथला, बुईपा र विजयखर्कका स्थानियलाई तालिम दिईने रेडक्रसले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology