चिसाङ शेर्पा फागुन/४ खोटाङ,
“गुणस्तरीय शिक्षा, पेशागत मर्यादा र श्रमजीवि शिक्षकहरुको सम्मान, राजनीतिक अधिकारसहितको टे«ड यूनियन अधिकारका लागि ११ जिल्ला अधिबेशन” भन्ने नारासहित नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङकोे ११ औं जिल्ला अधिबेशन सुरु भएको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार संगठनको अधिबेशन सुरु भएको हो ।
¥याली गर्दै दिक्तेलबजार परिक्रमा गरेर समिक्षालय हलमा गई शुरु अधिबेशनको प्रतिनिधिसभा सदस्य विशाल भटट्राईले व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो ।
अधिबेशनले शिक्षा सम्बन्धि नयाँ योजना निर्माण गर्दै नयाँ पदाधिकारी छनौट गर्ने संगठनका बर्तमान सचिव टंक कट्वालले जानकारी दिनुभयो । अधिबेशन राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव लक्ष्मण शर्माको प्रमुख आथित्यमा भएको हो । शनिवार बन्दसत्र हुने र नयाँ कार्य समिति चयन गरिने संगठनले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology