काठमाडौं, फागुन ४ । विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली भोली साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ ।
विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि स्थान पक्का बनाएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दास्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । आफ्नो तेस्रो खेलमा युएईलाई हराएको नेपाल केन्यासँगको चौथो खेलमा पनि विजयी भएको थियो ।
लिग चरणको अन्तिम खेलमा क्यानडालाई नाट्किय रुपमा १ विकेटले हराएको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि छानिएको थियो । बिहीबार भएको फाइनल खेलमा भने नेपाल युएईसँग हारेको थियो ।
फाइनलमा हारेपनि प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछो भएका थिए भने धेरै रन बनाउने खेलाडी नेपालका पारस खडका भएका थिए ।
स्रेात-रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology