• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन हाजिरी जवाफ

बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन हाजिरी जवाफ


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन ३ २०७४

  • चिसाङ शेर्पा फागुन/३ खोटाङ,
    खोटाङको नुनथलामा बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । बालसेवा समाज नेर्पा र सामी परियोजनाको आयोजनामा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित जालपा माविमा बिहीबार हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।

     

    मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शन्देस चाम्लिङको समुह प्रथम, साईमन तामाङको समुह दोश्रो र कोसी राईको समुह तेश्रो भएको छ । विजेता टिमले डिस्नेरी र स्टेसनरी सामग्री पुरस्कार पाएका छन् ।

     

    जालपा माविका प्रधानाध्यापक भवनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बालसेवा समाज नेर्पा र सामी परियोजनाका रमिला राई र अन्जु राईले बिधालयलाई मायाको चिनोसमेत हस्तान्तरण गरेको शिक्षक मणिकुमार राईले जानकारी दिनुभयो । हाजिरीजवाफ प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

    यस्तै, रुपाकोट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजाल, उपमेयर बिनादेबी राईले बिहीबार नुनथलामा खनिएका ग्रामिण सडकको अनुगमन गरेका छन् । साविकका ९ वडामा पुगेको ग्रामिण सडकको अनुगमन गरेका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology