• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम शुरु

आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम शुरु


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन ३ २०७४

  • चिसाङ शेर्पा फागुन/३ खोटाङ,
    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले आधारभुत विपद व्यवस्थापन तथा प्राथमिक उपचार तालिम दिन शुरु गरेको छ । रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडालाई लक्षित गरेर तालिम दिन थालिएको हो । तीन चरणमा दिईने तालिम अन्तरगत रेडक्रसले पहिलो चरणमा १ नम्बर वडादेखी ५ वडाका बिसजना सहभागीलाई बिहीबारदेखी चार दिने तालिम दिन शुरु गरेको हो ।

     

    रेडक्रसको आयोजना तथा रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाको दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले र लफ्याङका १४ महिला र ६ जना पुरुषलाई तालिम दिन थालिएको नेपाल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका सभापती कुमार सिं बस्नेतले बताउनुभयो ।

     

    तालिममा स्थानियस्तरमा देखापर्ने प्रकोप पहिचान, प्राथमिक उपचार, आकस्मिक दुर्घट्ना हुंदा अपनाउनुपर्ने तरिका, सामान्य घाउचोटमा औषधीको प्रयोग लगायतका बिषयमा तालिम दिईने नेपाल रेडक्रस सोसाईटी खोटाङका कार्यक्रम अधिकृत तथा तालिम संयोजक तेज श्रेष्ठले बताए ।

     

    वडाका चार/चारजनाको सहभागितामा हुने तालिमको दोश्रो चरणमा नेर्पा, चिउरीडाडाँ, चिउरीडाडाँ दोर्पा, निर्मलीडाडाँ, पाथेका र अन्तिम तथा तेश्रो चरणमा खार्मी, जालपा, नुनथला, बुईपा र विजयखर्कका स्थानियलाई तालिम दिईने रेडक्रसले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology