समायोजन खबर फागुन/२ खोटाङ,
प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । उहाँले बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ।
को हुन् शेरधन राई ?
भोजपुरको आमचोक गाउँपालिका पसल भञ्ज्याङमा ११ फागुन ०२७ मा जन्मिएका शेरधन राईले समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । ०४४ मा अनेरास्ववियुमा संगठित भएका राई ०४९र५० मा भोजपुर अध्यक्ष बनेका थिए ।
०४७ मा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी जिल्ला कमिटी सदस्य हुँदै ०५१ मा जिल्ला सचिवालय सदस्य र ०५४ मा सचिव भए । पार्टी विभाजन भएपछि निरन्तर चार कार्यकाल शेरधन एमाले भोजपुरको अध्यक्ष रहे ।
२७ वैशाख ०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वा्चित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत रहेका शेरधन अविवाहित छन् ।
२७ वैशाख २०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वा्चित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । उनि भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology