• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ ४४ औं साक्षर जिल्ला घोषणा (फोटोफिचर)

खोटाङ ४४ औं साक्षर जिल्ला घोषणा (फोटोफिचर)


चिसाङ शेर्पा
  • बुधबार, फाल्गुन २ २०७४

  • चिसाङ शेर्पा फागुन/२ खोटाङ,
    खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । समग्र खोटाङ समुन्नतिको निकास ज्ञान, सीप, संस्कार, साक्षरताको विकास नारासहित जिल्लालाई ४४ औं साक्षर जिल्ला घोषणा गरिएको हो ।

     

    नेपाल सरकारको शिक्षा नीति अनुसार १५ देखी ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी साक्षर भएपछि उक्त क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीति अनुरुप खोटाङमा साक्षरता प्रतिशत ९६.५६ प्रतिशत पुगेकाले बुधवार साक्षर जिल्ला घोषणा गरिएको हो ।

    आर्थिक बर्ष २०६७/०६८ देखी प्रत्येक गाउँविकास समितिमा उच्चतम कक्षा सञ्चालित बिद्धालयको संयोजकत्वमा शिक्षक, विधार्थी, सामुदायिक अध्ययन केन्द्र परिचालन गरी घरधुरी सर्वेक्षणबाट १५ बर्षमाथीको जनसंख्यामा ३१ हजार ६८ जना महिला र १३ हजार ९४ जना पुरुष निरक्षर पाईएपछि निरन्तर भईरहेको साक्षर कार्यक्रमले २०७३/०७४ मा जिल्लाका सवै गाउँविकास समिति र नगरपालिकालाइ साक्षर घोषणासँगै बुधबार भब्य कार्यक्रमको बिचमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले साक्षरताको प्रतिक चिन्ह अनावरण र साक्षरताको प्रमाणपत्र जिल्ला शिक्षा अधिकारीलाई हस्तान्तरण गर्दै साक्षर जिल्ला घोषणा गरेका हुन् ।

     

    घोषणा अघि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विभिन्न विद्धालयका विधार्थीले भवनगैरा हुंदै हाटडाडाँ– बेशक्याम्पमा ¥याली निकालेको थियो ।


    साविकका गाउँ विकास समिति तथा नगरपालिकाको साक्षरता सम्बन्धी तथ्याङ्कलाई हालको स्थानिय तह अनुसार मिलान गर्दा रुपाकोट मझुवागढी नगरपालिकामा ९७.५, हलेसी तुवाचुङ नगरपालिका ९६.४, रावाबेशीं गाउँपालिका ९६.३७, ऐसेलुखर्क गाउँपालिका ९५.७६, केपिलागढी गाउँपालिका ९६.५६, दिपु्रङ गाउँपालिका ९६.५२, जन्तेढुंगा गाउँपालिका ९५.९७, खोटेहाङ गाउँपालिका ९६.५६ र बाराहापोखरी गाउँपालिकामा ९६.८० प्रतिशत गरी जिल्ला भरमा साक्षर प्रतिशत ९६.५६ प्रतिशत पुगेको जिल्ला शिक्षा अधिकारी धन बहादुर श्रेष्ठले बताउनुभयो ।

     

    साक्षर जिल्ला घोषणा गरिंदा जिल्लामा अझै ३.४४ प्रतिशत निरक्षर रहेको र निरक्षर जनसंख्यालाई समेत साक्षर बनाउने प्रयास रहेको जिशिअ श्रेष्ठले बताउनुभयो । साक्षरता जिल्ला घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले जिल्लाको निरक्षर संख्यालाई साक्षर बनाउनमा आ–आफ्नो स्थानबाट सहयोग रहने बताएका छन् ।


    स्रोतकेन्द्रको आधार अनुसार देशकै सबैभन्दा ठूलो जिल्ला खोटाङमा २७ वटा स्रोतकेन्द्र, ४९१ सामुदायिक विद्धालय, २९ सँस्थागत विद्धालय, २ प्राविधिक विद्धालय, ३४७ बाल किास केन्द्र, ३ समाहित शिक्षाका स्रोतकक्षा, १ खुल्ला विद्धालय, १ परम्परागत विद्धालय, २९ सामुदायिक केन्द्र, ६ क्याम्पस र स्वीकृत दरबन्दी र राहत दरबन्दी गरी २ हजार १ सय ५८ जना शिक्षक, बाल विकास केन्द्रदेखी १२ कक्षासम्म छात्रा २७ हजार ९७४ र २५ हजार ८५१ छात्रगरी कुल ५३ हजार ८२५ बिधार्थी अध्ययनरत रहको शिक्षाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology