चिसाङ शेर्पा फागुन/१ खोटाङ,
विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवस भ्यालेन्टाइन डे को मुडमा प्रस्तुत भएका छन् । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् ।

खोटाङमा जन्मिएका पवनले पत्रकारिता सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् । रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सिमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ ।

क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन् । मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।








तस्विर सौजन्य : सुजय गौतम
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology