चिसाङ शेर्पा माघ/२८ खोटाङ,
खोटाङका चार शिक्षक संगठनले शिक्षकमाथी भएको कुटपिटको घोर भत्र्सना गरेको छ । रावावेंसी गाउँपालिका–३ लामीडाँडाको विश्वज्योती माविका प्रधानाध्यापक चन्द्रनारायण यादबमाथी भएको कुटपिटको प्रेस बिज्ञप्ती जारी गर्दै त्यस क्रियाकलापको कडा आलोचना गरेको हो ।
माघ २५ देखी २७ सम्म मिलन राई स्मृती प्रतिष्ठानको कार्यक्रमका लागि विद्धालयको प्राङगण उपलब्ध नगराएको बहानामा सोही वडाका अडिराम राईले विद्धालयको गेट तोडफोड गरी माघ २५ गते शिक्षकमाथी कुटपिट गरेको थियो ।
कार्यक्रमले विधार्थीको पढाईमा प्रत्यक्ष असर पुग्ने भएकाले बिद्धालयले बैकल्पिक ग्राउण्ड उपलब्ध गराउँदा समेत शिक्षण संस्था जस्तो पवित्र स्थलमा प्रमुखमाथी हुलहुज्जत हुनु र ज्यान मार्ने धम्की दिएर त्रसित पार्ने कार्यले शिक्षण पेशालाई कमजोर पार्ने ठहर रहेको भन्दै नेपाल शिक्षकसंघ, संघिय शिक्षक फोरम नेपाल, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र राष्ट्रिय शिक्षक परिषदले सम्बन्धित निकायलाई शान्ती र सुरक्षाको प्रत्याभुती गराउन माग गरेको छ ।
बिधालय ब्यवस्थापन समितिकै निर्णय अनुरुप राजनीतिक तथा अन्य संघसंस्थाको कार्यक्रम बिद्धालय हाताभित्र गर्न नदिने नीति हुंदा बैकल्पिक खेल मैदान उपलब्ध गराउँदा पनि दादागिरी शैलीमा शिक्षाको स्तर गिराउने र विधार्थीको भविष्य अन्धकार बनाउन खोज्ने दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने नेपाल शिक्षकसंघका सचिब मणिराज राईले बताए ।
शिक्षक कुटपिटमा संलग्न राई हाल प्रहरी हिरासतमै रहेको छ । दोषीमाथी कानुनी कारवाही भईरहेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology