• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मृगौलाको समस्याबाट ग्रस्त जलजलाले पाइन् सहयोग

मृगौलाको समस्याबाट ग्रस्त जलजलाले पाइन् सहयोग


समायोजन खबर
  • शनिबार, माघ २७ २०७४

  • कोशी अनलाइन
    माघ 27, मोरङ,

    प्रथम दलित सगरमाथा आरोही विजय घिमिरेद्वारा सोलुखुम्बुमा सन्चालित विजय घिमिरे प्रतिष्ठानले मृगौलापीडित दलित युवतीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानले दुवै मृगौला फेल भएकी अर्घाखाँचीको ढाकावाङ्ग गाउँपालिका-८ घर भएकी जलजला परियारलाई उपचारका लागि ५३ हजार दुई सय पचास रुपैयाँको सहयोग राशि हस्तान्तरण गरेको हो ।

    काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई प्रतिष्ठानका संरक्षक तथा प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले सहयोग रकम प्रदान गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका कान्छा महाधिवेशन प्रतिनिधि एवम् प्रतिष्ठानका सल्लाहकार राजु सुनारलगायतका व्यक्तिका साथै संचारकर्मीको पनि उपस्थिति थियो । पीडित परियार एक प्रतिभाशाली कलाकार हुन् ।

    नेपाली सांगीतिक क्षेत्रमा चर्चित रियालिटी शो नेपाली ताराको तेस्रो संस्करणमा उनी उत्कृष्ठ ६ सम्म पुग्न सफल भएकी थिइन् । संगीतमा रहेको लगावकै कारण हाल उनी शास्त्रीय संगीतलाई नै अध्ययनको विषय बनाएर भारतको कलकत्तास्थित रवीन्द्र भारती विश्वविध्यालयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology