चिसाङ शेर्पा माघ/२४ खोटाङ,
खोटाङ आईडलको पाँचौ अडिसन शनिबार हुंदैछ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसन जिल्ला समन्वय समितिको समिक्षालयमा हुनेछ । जिल्लामा सर्वाधिक चर्चामा रहेको बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोकपप राउण्डका लागि १७ जना नव गायक गायिका रहेका छन् । उनीहरु चौथो चरणको लोक आधुनिक राउण्ड पार गरेर अगाडी आएका हुन् ।
गएको मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलको चौथो चरणसम्मको अडिसन पार गरेका १७ जना प्रर्तिस्पर्धीहरु शनिबार टपटेनका लागि घम्साघम्सी गर्दैछन् । अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम गजमेर, राजन गिरी, रोहित चाम्लिङ, रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार, सुमन राई, तेज राई, उमेश राई, युवाराज राई, ईशारा चेली राई, दिपा राई र संगम राईले आ–आफ्नो प्रतिभा देखाउँदै एकअर्कालाई उछिन्ने दाउँमा छन् ।
‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथमा आयोजित आईडलमा निखारिएका दशजना गायक तथा गायिकालाई पांचौ अडिसनबाट अगाडी लगिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १७ जनामा ७ जना फालिने र टपटेनलाई सोही दिन भोटिङ कोड बितरण गरिने संयोजक राईले बताए ।
पाँचौ अडिसनका लागि गायिका पार्बती राई, हेम बिक्रम राई र भलकाजी राई निर्णायकमा रहने आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले जनाएको छ ।
रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा २०३४ सालमा जन्मनु भएका सुरिलो कोकिलकण्ठकी धनी हुन् पार्बती राई । २०४८ सालमा चम्पावती उच्च मावि बुईपाबाट प्रबेशिका परिक्षा पास गरेका गायिका राई खोटाङ जिल्लाको चिनारी र राष्ट्रका गहना हुन् ।
२०५६ सालमा दिक्तेल बहुमुखी क्याम्पसबाट ब्याचलर अध्ययन सकेका उनले २०५७ सालमा तत्कालिन रतन्छा हाल साकेला गाउँपालिका–३ रतन्छामा विवाह बन्धनमा बाधिएका थिए । बैवाहिक बन्धनमा बाँधिएपछी उच्च शिक्षा र संगीतमा रुचि भएका गायिका राईले राजधानीमा अध्ययनसँगै गुरुदेब कामदकहाँ औपचारिक संगीत सिकेका हुन् ।

‘नेपालै जाने नेपाली दाजु’ गीतबाट नेपाली संगीतनगरीमा पर्दापर्ण गरेका गायिक राईले २०६० सालमा ‘खोटाङ हलेसी’ नामक पहिलो सोलो एल्बम निकालेका थिए । उक्त एल्बमको ‘खोटाङ हलेसी छुट्नै मन लाग्दैन हो तिम्लाई भेटेपछी’ गीतबाट एकाएक चर्चामा आएका उनको तिर्सना, मेरो देउता, संगसँगै र किरात मुन्धुममा आधारित रिसिया जस्ता एल्बम बजारमा आईसकेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology