• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी हुदै

सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी हुदै


समायेाजन खबर
  • सोमबार, माघ २२ २०७४

  • २२ माघ, सोलुखुम्बु  – सोलुखुम्बुवाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी भएकाछन् । प्रदेश सभा ख वाट विजयी भएका राजभण्डारीले चुनाब प्रचारका क्रममा गरेको वाचा अनुरुप शेर्पा पोशाक छुवा लगाएर बैठकमा सहभागी भएका हुन् । 

    बहुजातीय बसोबास रहेको सोलुखुम्बुमा रहेका सबै जातजाति प्रति आफ्नो सम्मान् रहेको भन्दै राजभण्डारीले जातीय सद्भाव अझ मजबुत बनाउनु पर्नेमा जोड दिए । आफूले चुनाबी प्रचारका दौरानमा गरेका सबै कुराहरु प्राथमिकताका साथ पुरा गर्ने भन्दै उनले नेपाललाई विश्वमा चिनाउन नेपाली शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेका बताए ।

    प्रदेश सभा निर्वाचनका क्रममा शेर्पा जाति बिरुद्ध अभिव्यक्ति दिएको आरोप खेपेका राजभण्डारीले सबै जातजाति आफ्नो प्राथमिकतामा रहेको दोहोर्याए । सस्तो लोकप्रीयताका लागि पोशाकको प्रचार नगरेको दाबी गर्दै उनले समृद्ध सोलुखुम्बु निर्माणका लागि प्रतिबद्ध रहेको बताए । प्रदेश नम्बर १ मा बामगठबन्धनको सरकार बन्ने पक्का भएसँगै सम्भाबित मन्त्रीको रुपमा समेत हेरिएका राजभण्डारीले पार्टीले दिएको जुनसुकै जिम्मेवारीका लागि आफू तयार रहेको बताए ।

    शेर्पा पोशाकमा सजिएर प्रदेश नम्बर १ को बैठक स्थलमा पुगेका राजभण्डारीले समग्र शेर्पाहरुको शीर उच्च बनाएको प्रतिक्रिया शेर्पा समुदायको रहेको छ । बैठक स्थलमा राजभण्डारीको फोटो खिच्नेका घुइचो लागेको थियो । 
    प्रदेश सभा निर्वाचनमा राजभण्डारीले नेपाली कांग्रेसका आङ गेलु शेर्पालाई पराजित गरेका थिए । राजभण्डारीले १० हजार ३८७ मत पाउँदा शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरेका थिए । 
    पूर्वको १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ जना सांसद रहेकाछन् ।

    solukhumbusamachar

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology