चिसाङ शेर्पा माघ/२१ खोटाङ,
जिल्लामा ‘साईनो कला केन्द्र’को स्थापना हुने भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिक्न जिल्लाबासी बाहिर जान नपरोस भन्ने उद्देश्यले केन्द्रको स्थापना गर्न लागिएको हो ।
दिक्तेलमा आगामी फागुन १ गते विधिबत रुपमा उद्घाटन हुने केन्द्रमा संगीत, नृत्य सिकाउने र आगमी दिनमा अभिनय समेत सिक्न सकिने ब्यवस्था रहेको छ । केन्द्रको स्थापनासँगै कला क्षेत्रका शौखिन नयाँ प्रतिभाहरु संगीत, नृत्य र अभिनय सिक्न जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यता हट्नेछ ।
हाल जिल्लामा कला र संगीतको पाटोमा लागेकाहरु राजधानी गएर लक्ष्य पुरा गर्नुपर्ने बाध्यता छ । आर्थिक स्थिती कमजोर तर, होनाहार प्रतिभा गाउँमै विलिन हुने भएकाले त्यस्ता प्रतिभाहरु गरिबीकै कारण मर्न नपरोस भन्ने हेतुले प्रमोद श्रेष्ठको अध्यक्षतामा ५ सदस्य समितिद्धारा केन्द्रको स्थापना गर्ने भएको हो । समितिको सचिवमा शुभचन्द्र राई, कोषाध्यक्ष कुसुम आचार्य तथा युनिक साम्पाङ र भक्त बिक सदस्यमा रहेका छन् ।
नेपाली साहित्य, संगीत र अभिनयको मिश्रीत रुपलाई एकरुपता दिन केन्द्रको स्थापना गर्न लागिएको ‘साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा खोटाङले थुप्रै हस्तिहरु जन्माई सकेका र जन्माईरहेका छन् । उनले भने, “बिडम्बना, हालसम्म जिल्लामा एउटा पनि आधिकारिक संगीत, नृत्य अभिनय सिकाउने सेन्टर छैन । सोही आधारमा केन्द्रको स्थापना गर्न लागिएको हो ।”
सोही कार्यक्रममा राष्ट्रिय गजलकार तथा गायिका संगीता थापाको एकल गीत र गजल वाचन कार्यक्रम समेत रहेको केन्द्रले जनाएकोे छ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology