चिसाङ शेर्पा माघ/१३ खोटाङ,
खोटाङको दक्षिणी क्षेत्रका होनाहार युवा गायक हुन् राजेश पुमा राई । बिगत लामो समयदेखी राजधानी काठमाण्डौमा रहेर नेपाली संगीतबजारमा आफ्नो अलग पहिचान बनाउन लागि परिरहेका राई भर्खरै जन्मजिल्ला खोटाङमा खोटाङ आईडलको निर्णायक बनेर दिक्तेल आउदा आफू संगीतमा भविष्य खोज्दै राजधानीमा संघर्ष गरीरहेको बताए ।

जन्तेढुंगा गाउँपालिका दिप्लुङ ६ का स्थानिय बासिन्दा तथा बुबा एनबी राई आमा कोपिला राईका माईला छोरा युवा गायक राजेशले २०६७ सालमा चिसापानी उच्च माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । ग्रामर कलेज कोटेश्वरमा अध्ययनकै शिलशिलामा संगीत जीबन शुरु गरेका उनी २०६९ सलाबाट नेपाली संगीत क्षेत्रमा सक्रिय छन् ।
तिमीबाट, किन छाड्यौ, हिजोआज जस्ता आधादर्जन गीत बजारमा ल्याइसकेका राईको अन्य गीतको काम भईरहेको छ । बाल्यकाल छँदा रुचि भएको गीतसंगीत अहिले आएर पेशा बनेको गायक राईले बताए । म्युजिकमै जिबन खोज्दै हिंडेका उनले उदयपुर, सुनसरी तथा हङकङ, कोरिया र मलेशियामा आफ्नो प्रतिभा लाईभ प्रस्तुत गरेका छन् ।

भविष्यमा म्युजिक भिडियो र फिल्म निर्देशन गर्न रुचाउने युवा गायक राई पढाईको अलवा सबै समय संगीतमा लगाएको बताउँछन् । उनले, गाएका गीतहरु रेडियो, टेलिभिजनमा प्रशारण हुने गरेका छन् । युट्युबमा समेत आफुले गाएको गीतहरु हेर्न र सुन्न सकिने गायक राईले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology