• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘हाक्का हाक्की’ मार्फत खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

‘हाक्का हाक्की’ मार्फत खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

को हुन् योगिन


चिसाङ शेर्पा
  • मंगलबार, माघ ९ २०७४

  • चिसाङ शेर्पा माघ/९ खोटाङ,
    खोटाङका नब हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राइ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७ :२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्कीबाट उदाएका हुन् ।

    रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २४ वर्षिय स्थानिय राईले सिरियलमा दुई भाग अभिनय गरीसकेका छन् । ‘हाक्का हाक्की’ को १२८ भागमा उनले रस्साकस्सी गफगाफमा ब्यस्त मानिस भएको ठाउँमा आएर बाँड्ने काम गरेका छन् । साप्ताहिक प्रशारण भईरहेको सिरियलमा आगामी भागमा कस्तो रोल हुन्छ भन्ने टुंगो नलागेपनि अबका भागहरुमा आफ्नो धमकेदार प्रस्तुती रहने कलाकार योगिनले बताए । योगिनले हाक्का–हाक्कीका अलवा ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम’ साईलेन्स कमेडी मुभि ‘मुखिया’ लगायतमा अभिनय गरीसकेका छन् । उनी पुर्ब सञ्चारकर्मी पनि हुन् ।

    को हुन् योगिन

    रुपाकोट मझुवागढी नगरपालिका बाम्राङ तीनका स्थायी वासिन्दा बाबा हर्कराज राई र आमा यशोदा राईको एकमात्र छोरा हुन् योगिन राई । २०५० सालमा जन्मिएका योगिनले २०६५ सालमा सरस्वती माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।

     

    दिक्तेल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा शुरु गरेका कलाकार योगिनले गाउँ, शहर, विद्धालय, क्याम्पस तथा विविध साँस्कृतिक कार्यक्रममा आफ्नो कला देखाउँथे । आफुमा भएको कलालाई अझै देखाउन आतुर उनले २०७३ सालबाट जिल्लामा काम गरीरहेको एफएम छोडेर कलाकारितामा भविष्य खोज्ने काठमाण्डौ छिरे ।


    २४ वर्षिय युवामा भएको जोशजागर देखेर जिल्लामा पनि उनलाई भविष्यका होनाहार कलाकारको उपनाम दिईने गरिन्थ्यो । दिक्तेल बहुमुखी क्याम्पसमा बिए अध्ययनलाई थाँती राखेर दुईवर्ष अगाडी राजधानी छिरेका योगिनले एभरेष्ट फिल्मी एकेडेमी, कान्तीपुर फिल्मी एकेडेमीमा अभिनय सम्बन्धी कोर्ष अध्ययन गरे ।

     

    अभिनयमा कान्तीपुर फिल्मी एकेडेमीबाट गत कात्र्तिकमा डिप्लोमा कोर्ष सकेका योगिनले साईलेन्स कमेडी मुभि मुखिया, ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम, बुढासुब्बा म्युजिक सेन्टरले प्रशारण गर्ने वेभ सिरियल ‘वेलकम टु माई होम, काटकुट, अलपत्र जस्ता सिरियल गरेका छन् । भ¥र्याङ नाट्य समुहका संस्थापक तथा कोषाध्यक्षसमेत रहेका योगिन मिलनसार स्वभाबका ब्यक्ति हुन् ।

    भिडियो हेर्नुहोस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology