• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका गाउँपालिका उपप्रमुख कक्षा पाँचदेखी एमफिल गर्नेसम्म

खोटाङका गाउँपालिका उपप्रमुख कक्षा पाँचदेखी एमफिल गर्नेसम्म


चिसाङ शेर्पा
  • शनिबार, माघ ६ २०७४

  • चिसाङ शेर्पा माघ/६ खोटाङ,

    जिल्लामा रहेका आठ गाउँपालिका उपप्रमुखहरु साक्षरतादेखी एमफिल गर्नेसम्म पाईएको छ । खोटेहाङ गाउँपालिका उपप्रमुख ४० वर्षिय कविता राई एमफिल (मास्टर्ड इन फिलोसफी) पिएचडीको तयारी गरीरहेकी छन् । केपिलासगढी गाउँपालिका उपप्रमुख ३८ वर्षिय हिरा कुमारी वन गिरीले एसएलसी उतिर्ण गरेकी हुन् ।

     

    बराहपोखरी गाउँपालिका उपप्रमुख ३५ वर्षिय गोमा मगरको पढाई सबैभन्दा कम रहेको छ । उहाँले कक्षा ५ उतिर्ण गरेका हुन् । ऐसेलुखर्क गाउँपालिका उपप्रमुख ४२ वर्षिय पुष्पकला भुजेल मास्टर्ड डिग्री र दिप्रुङ गाउँपालिका उपप्रमुख तथा नेपालको सबैभन्दा कान्छी महिला नेतृ २४ वर्षिय सपना राई ब्याचलरमा अध्ययनरत विधार्थी हुन् ।

     

    लामिडाडाँ गाउँपालिका उपप्रमुख ३८ वर्षिय समला राई आईए उतिर्ण हुन् भने, साकेला गाउँपालिका उपप्रमुख ४२ वर्षिय सरिता खड्काले प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । यस्तै, जन्तेढुंगा गाउँपालिका उपप्रमुख ४४ वर्षिय विमला राईले प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology