चिसाङ शेर्पा माघ/५ खोटाङ,
पाँच महिनायता जन्तेढुंगा गाउँपालिका वडा सचिवबिहीन बनेको छ । चार वडाका सचिवहरु गत असोजबाट सरुवा भई अन्तै गएपछी पालिकाका ६ वटै वडा सचिवबिहीन बनेको हो । गत असोजमा डम्बर्खुशिवालयका लक्ष्मी फुयँल, चिसापानीका ढुण्डीराज दुलाल, दिप्लुङका शम्भु आचार्य र काहुलेका मेघराज आचार्यको सरुवासँगै देविस्थान, वोपुङसहित पालिकाको सबै वडा रित्तो भएको हो ।
वडा कार्यालयमामा सचिव नहुंदा काम चलाउमा कार्यालय सहयोगीले वडाको काम गरीरहेका छन् । सहयोगीले कामकाज गर्दा सेवाग्राहीले सहज र सरलरुपमा सुविधा पाउन नसकेको ब्यापक गुनासो आउन थालेको छ । पालिकाको वडाहरुमा सचिव तथा अन्य कर्मचारी नहुंदा विकास निर्माण लगायत यावत कामहरु गर्न कठिनाई भएको जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर बहादुर राईले बताउनुभयो ।
हाल पालिकामा कार्यकारी प्रशासकिय अधिकृत यादब भण्डारी, सुब्बा बिदुर आचार्य र लेखाप्रमुख सुवास श्रेष्ठ रहेका छन् । पालिकामा प्रशासकिय अधिकृत एक, लेखाप्रमुख एक, खरीदार दुई र एकजना सिभिल ईन्जिनियरको आवाश्यक रहेको पालिका प्रमुख राईले बताए ।
उता, बराहपोखरी गाउँपालिका ४ फाक्टाङ बाहेक अन्य वडा रित्तो रहेको छ । अन्य पाँच वडामा फाक्टाङका वडा सचिव गौरीनाथ आचार्य र कार्यालय सहयोगीले काम गरीरहेका गाउँपालिका उपप्रमुख गोमा मगरले बताईन् ।
यस्तै, केपिलासगढी गाउँपालिकाको खार्ताम्छामा वडा सचिव छैन । त्यहाँ वासपानीका सचिव युवाराज कट्वालले हेरीरहेका छन् । दिपु्रङ गाउँपालिकाको डाडागाउँलाई याम्खा र स–छितापोखरीलाई छितापोखरीका सचिवले हेरीरहेका छन् । खोटेहाङ गाउँपालिकाको दुई वडा पनि खाली रहेको छ । ईन्द्रेणीपोखरीलाई खोटाङबजार र सावाकटहरेलाई वाप्लुखाका वडा सचिवले हेरीरहेका पालिका उपप्रमुख कविता राईले जानकारी दिनुभयो ।
संविधानले अनुगमन र समन्वय गर्ने मात्रै अधिकार दिएको र गाउँपालिका तथा नगरपालिकाले समन्वय गरेमा कर्मचारी समायोजनमा पहल गर्न सकिने जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो । स्थानिय सरकार कायमपश्चात कर्मचारीका लागि उहाँहरुले पनि पहल गर्न सक्नुहुन्छ । उनले भने, “केही पालिकाले कर्मचारीका लागि माग गरेका छन् । हामी समन्वय समितीमा भएका मध्येमा कर्मचारी समायोजन गर्नेसम्म तयारीमा छौ ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology