• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ खार्मीमा पाँच किलो फोहोर संकलन गरे वापत एउटा फुटवल पाईने

खोटाङ खार्मीमा पाँच किलो फोहोर संकलन गरे वापत एउटा फुटवल पाईने


चिसाङ शेर्पा
  • शुक्रबार, पौस २८ २०७४

  • चिसाङ शेर्पा पुस/२८ खोटाङ,

    खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल दिने अभियान शुरु गरेको छ । वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक तवरमा सरसफाई गर्ने अभियान थालनी गरेको हो । वडाभित्रका सार्वजनिकस्थल तथा निजि क्षेत्रमा फोहोरमैला अत्याधिक बढेको भन्दै वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेर वडा सरसफाई कार्यलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

     

    विशेषगरी वडाभित्रका सार्वजनिक क्षेत्रबाट पाँच किलो फोहोर जम्मा गरेवापत एउटा फुटवल प्रदान गर्ने भएपछि स्थानीय यूवाहरुलाई फोहोर जम्मा गर्न भ्याईनभ्याई भएको जनाईएको छ । वडा कार्यालयभित्र प्लाष्टीक तथा प्लाष्टीकजन्य फोहोर विस्तापित गर्नलाई सरसफाई शुुरु गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । वडामा प्लाष्टिकजन्य सामानमा रोक लगाईएको उनको भनाई छ ।

     

    यस्तै, महिलाहरुको वाकशक्तिमा विकास गर्न तीन दिने उद्धघोषण तालिम सुरु भएको छ । महिलाहरुको क्षमता अभिवृद्धिका लागि उद्धघोषण तालिम सुरु गरिएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology