• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्वाचन पराजितको मुल कारक बाम गठबन्धन–रक्षामन्त्री प्रधान

निर्वाचन पराजितको मुल कारक बाम गठबन्धन–रक्षामन्त्री प्रधान


चिसाङ शेर्पा
  • आइतबार, पौस २३ २०७४

  • चिसाङ शेर्पा पुस/२३ खोटाङ,

    नेपाली कांग्रेसका लागि निर्वाचन पराजितको मुल कारक बाम गठबन्धन रहेको रक्षामन्त्री भिमसेनदास प्रधानले बताएका छन् । दुई महाशक्ति मिलेकाले निर्वाचन परिणाममा कांग्रेस पराजित भएको तर, लोकतन्त्रमा जितेको बताउनु भएको छ ।

     

    आईतबार नेपाल प्रेस युनियन शाखा दिक्तेलले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता समेत रहनु भएका उनले वर्तमान सरकारसँग विपक्षीमा बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा लोकतन्त्रवादलाई सुदृढिकरण गर्ने बताएका छन् ।

     

    सरकारको निर्देशन अनुरुप शनिवार हलेसी बजार आगलागी निरीक्षण गर्न हलेसी आउनु भएका रक्षामन्त्री प्रधानले आफु रक्षामन्त्री भईरहंदा गौरबमय इतिहास बोकेको नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ–मधेश ७६.२ किलोमिटर फास्टट्रयाक र बिरगञ्जमा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलले नेपाली जनतालाई छिटोछरितो सुविधा दिने बताए ।

     

    मौसम प्रतिकुलका कारण डुबान भएको अवस्थामा निर्वाचन आयोगले सरकार समक्ष स्थानिय निर्वाचन गराउन आनाकानी गरेकोे कुरालाई समेत रातारात नेपाली सेनाले सडक, ड्याम बनाएर निर्वाचन सफल गराउन अमुल्य मद्दत पु¥र्याएको स्मरण गराउँदै नेपालीले गर्न नसक्ने कुनै काम नरहेको प्रष्ट पार्नुभयो ।

     

    शनिवार साँझ हलेसी आएका रक्षामन्त्री प्रधानले आईतबार हलेसी दर्शन गरी आगलागी पिडितलाई भेटेर सहयोग गर्ने आश्वसन दिएका छन् । निर्धारित कार्यक्रम अनुसार सदरमुकाम दिक्तेलमा कांग्रेस पार्टी कार्यालय विपि स्मृती भवनमा आफ्ना कार्यकर्ता प्रशिक्षण सकेर पत्रकार भेटघाट गर्नुभएका प्रधान सोमबार राजधानी फर्कने कार्यक्रम रहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology