• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा बाम गठबन्धन सहित संघिय समाजबादीले चुनावी सामग्री हटाएन

दिक्तेलमा बाम गठबन्धन सहित संघिय समाजबादीले चुनावी सामग्री हटाएन


चिसाङ शेर्पा
  • शुक्रबार, पौस २१ २०७४

  • चिसाङ शेर्पा पुस/२१ खोटाङ,

    खोटाङमा बाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले डेढ महिना बित्दा समेत चुनावी प्रचारप्रसारका सामग्री हटाएका छैनन् । गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दिक्तेल बजारमा टाँगिएका पर्चा, पम्प्लेट, तुल, झण्डा, ब्यानर नहटाएको हो ।

     

    बाम गठबन्धन एमाले–माओवादी केन्द्रले दिक्तेल बजारको भबनगैरा–त्रिबेणीचोक– हाँटडाडाँसम्म मात्रै चुनावी सामग्री हटाएका छन् । आचारसंहिता तोड्दै संघिय समाजवादी फोरम र राप्रपा प्रजातान्त्रिकले हाटँडाडाँ–रत्नपार्क र गठबन्धनले त्रिबेणीचोक–रत्नपार्कसम्म अझै चुनावी सामग्री हटाएका छैनन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको महिनौ गुज्रिंदा पनि सम्बन्धित पार्टीले चुनावी प्रचारप्रसार समाग्री नहटाउँदा दिक्तेलबजार कुरुप भएको छ ।

     

    पार्टीले आचारसंहिता उल्लङघन गरेको स्वीकार्दै बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपसचिव कुमार आचार्यले केही दिनभित्र चुनावी सामग्री हटाउँने जानकारी दिनुभयो । संघिय समाजबादी फोरम नेपाल खोटाङका जिल्ला अध्यक्ष नविन राईले पार्टीभित्र चुनाबी सामग्री हटाउँने कुरा भईरहेको बताउनुभयो । शनिबार समिक्षा बैठक गरेर तत्काल हटाउने बताए ।

     

    रुपाकोट मझुवागढी नगरपालिकाको गत पुस ५ गतेदेखी ११ गतेसम्म ‘नगर सरसफाई सप्ताहको समिक्षा कार्यक्रममा तीनदिन पडाछी हटाउने प्रतिज्ञा गरेका पार्टी तथा दलले त्यसको बेवास्ता गर्दा चुनावी सामग्री हट्न नसकेको रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । दल तथा पार्टीलाई पुनः उक्त सामग्री हटाउन ताकेता गर्छौ, यदि उहाँहरुले नहटाए अनुमती लिएर नगरपालिकाले हटाउने नगरप्रमुख रिजालले बताए । उनले भने,“नगरपालिकाले चुनावी सामग्री हटाएर सटिङ गरी पार्टीलाई दिनेछ ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology