• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पक्राउ पुर्जीबारे मलेसियाबाटै सांसद सिलवालले दिए यस्तो प्रतिक्रिया

पक्राउ पुर्जीबारे मलेसियाबाटै सांसद सिलवालले दिए यस्तो प्रतिक्रिया


समायोजन खबर
  • बुधबार, पौस १९ २०७४

  • समायोजन खबरपुस १९, काठमाडौं ,

    ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफु फरार नभएको बताएका छन् । मलेसियामा रहेका सिलवालले आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको सबैलाई जानकारी रहेको भन्दै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेकोसमेत बताएका छन् ।

     

    टेलिफोनमा कुरा गर्दै सिलवालले भने, ‘म फरार पनि छैन र मलाई पक्राउ गर्नुभन्ने पत्र पनि आएको छैन । अनुसन्धानलाई सघाउन म सधैं तयार छु । म काठमाडौंमा हुन्जेल केही भएन, अहिले कार्यक्रममा आएको मौकामा प्रहरीका केही अधिकारीलाई धम्की दिएर पक्राउको हल्ला चलाइएको छ ।’ सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको लज्जास्पद पराजयको प्रतिशोध लिन र पार्टीभित्रको बहस अन्यत्र मोड्न देउवाले आफूबिरुद्ध सिलसिलेवार प्रोपोगाण्डा मच्चाएको आरोपसमेत लगाएका छन ।

     

    उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका गरेका छन् । सिलवालले भने, ‘मैले अनलाइनहरुमा आएको कासमुको विवरण फोटोकपी गरेर बुझाएको हो । यस प्रकरणमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । म सडकबाट राज्यसँग लडेको व्यक्तिले कसरी किर्ते गर्न सक्छु ? यो त ममाथि ज्यादतिको पराकाष्ठा हो ।’

     

    आफू चुनाव जितेर जनताबीच हुन्जेल प्रहरीले नखोजेको र कार्यक्रमका लागि बाहिर गएको बेला बदनाम गर्ने नियतले फण्डा चलाइएको सिलवालले बताए । आफूबिरुद्ध मुद्दा लडेको व्यक्ति प्रकाश अर्याल नै अहिले आइजिपी भएकाले देउवा र अर्याल दुवै जना प्रतिशोधमा उत्रिएको उनको भनाइ थियो ।

     

    महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाई पत्र लेखी सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो । प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो । -अनलाइनखबर

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology