चिसाङ शेर्पा पौष/१५ खोटाङ,
जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको रुपाकोट मझुवागढी नगरपालिका बुईपा अडिसनबाट २१ जना छनौटमा परेका छन् । आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र सहआयोजक सृजनशिल महिला जागरण मञ्चको सहकार्यमा शुक्रबार भएको सांगितिक रियालिटी शो अन्तरगत बुईपा, बिजयखर्क लगायतका ३२ जनाले सहभागिता जनाएका थिए ।
शुक्रबार सम्पन्न पहिलो चरणको दशौैैं अडिसनबाट मिलन राई, सोनु राई, नबिन राई, मनोज राई, युवाराज राई, निरश राई, शन्देस राई, दिवसहाङ राई, नरेन्द्र राई, दिलकुमार राई, सुमन राई, ममता राई, ललितजंग राई, गौतम राई, प्रकाश मगर, प्रिती राई, अरुणा राई, रमेश भुजेल, प्रितिमा राई, सुजन राई, सविना राई रहेका छन् । पहिलो चरणको अडिसन आगामी सोमबार रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा समापन हुदैछ ।
दिक्तेलमा पहिलो चरणको अडिसन सकिए लगत्तै दोश्रो चरणको अडिसनका लागि तयारी गर्ने गरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । खोटाङ आईडलमा सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।
रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology