चिसाङ शेर्पा पुस/१३ खोटाङ,
खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद निर्वाचनबाट टुंगो लागेको छ । विहिबार सम्पन्न निर्वाचनबाट पालिकाको केन्द्र स-छितापोखरी ५ याङशोलाटारमा रहने भएको छ ।
गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका-५ स–छितापोखरीको तृतियाभञ्ज्याङमा राख्ने वा स-छितापोखरीकै याङशोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले निर्वाचनका माध्यमबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको हो ।
निर्वाचनले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउँने तथा नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । निर्वाचनमा तृर्तियाभञ्ज्याङ केन्द्र वनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र वनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । निर्वाचनमा ३५ जनाले भाग लिएका थिए ।
राज्य पुनसंरचना आयोगले अस्थाई रुपमा २०७३ साल फागुनबाट गाउँपालिकाको केन्द्र स–छितापोखरी ५ तृर्तिया भञ्ज्याङमा तोकिएको भए पनि डाँडागाउ, टेम्मा र याम्खा लगायतका स्थानीयले बिरोध गर्दै आएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology