• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका कलाकारहरुले जनप्रतिनिधि समक्ष बुझायो तीन बुँदे आव्हानपत्र

खोटाङका कलाकारहरुले जनप्रतिनिधि समक्ष बुझायो तीन बुँदे आव्हानपत्र

जनप्रतिनिधिद्धारा पुरा गर्ने प्रतिबद्धता


योगिन राई
  • बुधबार, पौस १२ २०७४

  • योगिन राई पौष/१२ काठमाण्डौ,

    खोटाङगे नब कलाकार तथा स्थापित राष्ट्रिय कलाकारहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँधे आव्हानपत्र बुझाएको छ । खोटाङ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी जनप्रतिनिधि बिशाल भट्टराई, राजन राई र राम कुमार राईलाई बधाई तथा अन्तरक्रियामा जिल्लाको कला, संस्कृती, संगीत र साहित्य प्रबद्र्धनमा ध्यानाकार्षण गराउँन तीन बुँदे आव्हानपत्र दिईएको हो ।

     

    काठमाण्डौस्थित मैतीदेबीमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा खोटाङगे कलाकारहरुको जम्बो टोलीले जिल्लामा हरेक बर्ष राष्ट्रियस्तरको महोत्सव हुनुपर्ने, खोटाङ हलेसी महोत्सव हुनुपर्ने, एकवटा सांस्कृतिक भवन निर्माण गरीनुपर्ने तथा जिल्लामा संग्राहलय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टेसहितको नमुना गाउँ निर्माण गरीनुपर्ने मागसहित संयुक्त हस्ताक्षरित आव्हानपत्र थमाएको छ ।

     

    जनप्रतिनिधिलाई कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राईले तीन बुँधे माग–पत्र बुझाएका हुन् । दुई दर्जनबढी खोटाङगे कलाकारको उपस्थितीमा भएको बधाई तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाबासी राष्ट्रिय कलाकार र संर्घषशिल कलाकारहरुको जायज मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

     

    कार्यक्रममा खोटाङका ९२ वर्षिय राष्ट्रिय कलाकार भिम बहादुर थापा, लक्ष्मी गिरी, खगेन्द्र राइ, नवल खड्का, महेश खड्कासहित रेवत राई, सचीन राई, उल्सन श्रेष्ठ, बवीना किराती, योगीन राई, बिकास संगम राई लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । बधाई तथा अन्तरक्रिया कार्यक्रममा नेपाल आईडलका टप ८ प्रर्तिस्पर्धी उल्सन श्रेष्ठले खोटाङगे कलाकारहरुको यस्तो जमघट पहिलो भएको बताएका छन् । बेलाबेलामा जमघट र अन्तरक्रिया भए खोटाङगे कलाकारहरुको कलाकारिता फराकिलो हुने श्रेष्ठले बताए ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology