• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडल-ऐसेलुखर्कबाट दशजना छानिए, पहिलो अडिसन सकिन ४ स्थान बाँकी

खोटाङ आईडल-ऐसेलुखर्कबाट दशजना छानिए, पहिलो अडिसन सकिन ४ स्थान बाँकी


चिसाङ शेर्पा
  • शनिबार, पौस ८ २०७४

  • चिसाङ शेर्पा पुस/८ खोटाङ,

    जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको ऐसेलुखर्क अडिसनबाट १० जना छनौटमा परेका छन् । ऐसेलुखर्क गाउँपालिकाको पिङडाडाँमा शनिबार सम्पन्न पहिलो अडिसनबाट दोश्रो अडिसनका लागि उनीहरु छानिएका हुन् ।

     

    पालिकामा रहेको सहआयोजक लक्की ईन्स्टीच्यु साईबर सर्भिस तथा आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा २४ जनाले सहभागिता जनाएका थिए । अडिसनबाट राखावाङदेल १ का किशोर राई, रामचन्द्र राई, समिकरण राई, योगेन राई, महेश्वरी ५ का शुसिल राई, अबिशेक राई, जलेश्वरी ४ का सविना राई, बाकाचोल २ का मणिधन राई, माक्पा ७ का पवन राई र कञ्चन राई पहिलो अडिसनबाट छनौटमा परेका छन् ।

     

    आयोजकका अनुसार १० गते लामिडाडाँ गाउँपालिका खार्पा, पौष १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरि सकिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

     

    जिल्लामा लुकेर रहेका प्रतिभालाई बाहिर प्रस्फुटन गराउनका लागि सञ्चालन भईरहेको पालिका अन्तरगतको पहिलो अडिसनका लागि संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य भक्त बिक र पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई जर्जमेनमा रहेको छ ।

     

    रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology