चिसाङ शेर्पा पौष/५ खोटाङ,
जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको बाक्सिला अडिसनबाट १६ जना छनौटमा परेका छन् । केपिलासगढी गाउँपालिकामा रहेको सहआयोजक न्यु स्टाईल रमेश टेर्लरिङ सेन्टर र आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजनामा बाक्सिलास्थित पृथ्वी उच्च माविमा बुधवार भएको कार्यक्रममा ५० जनाले सहभागिता जनाएका थिए ।
अडिसनबाट अबि राई, बर्षा राई, बिकास राई, बिना राई, दावा शेर्पा, ईजु राई, जोन राई, मणि राई, निरज राई, मणि तामाङ, सन्तोष राई, शुभराज राई, सुमन राई, रोमन राई, प्रकास नाछिरीङ र पर्बत राई रहेका छन् ।
आयोजकका अनुसार ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिका खार्पा, पौष १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरि सकिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । खोटाङ आईडलमा सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्ने कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो ।
रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology